आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आइपुगे सी, राष्ट्रपति भण्डारीले स्वागत गरिन्

आइपुगे सी, राष्ट्रपति भण्डारीले स्वागत गरिन्


  • Dhorpatan News
  • असोज २५ २०७६, शनिबार

काठमाडौँ, २५ असोज – चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् । राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि दिउँसो  ४ बजेर १० मिनेट जाँदा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।चिनियाँ राष्ट्रपति सी विमानस्थलमा उत्रेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै स्वागत गरेकी छन् ।राष्ट्रपति सी को स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अंगका प्रमुखहरुसमेत विमानस्थल पुगेका छन् ।

स्वागत लगत्तै राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाबाट विमानस्थलमै सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम रहेको छ।राष्ट्रपति सीको भ्रमणलाई विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको टोली उपस्थित भएको हो ।चीनका तर्फबाट यो २३ वर्षपछि भएको शीर्ष नेतृत्वको भ्रमण हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।

शुक्रबार राष्ट्रपति सी, विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जिएछीसहितका ९० सदस्यीय टोली भारत भ्रमणमा गएको थियो । शनिबार दिउँसो २ बजे उक्त टोली भारतको चेन्नईबाट नेपाल प्रस्थान गरेको थियो ।नेपाल आउनुअघि राष्ट्रपति सीले भारतको तमिल नाडुस्थित मामल्लपुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब ४० मिनेट छलफल गरेका थिए ।

आजै राष्ट्रपति भण्डारी र सीबीच साढे ६ बजे शितल निवासमा भेटवार्ता हुनेछ ।आज साँझ नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राष्ट्रपति सीसँग होटल सोल्टीमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि सी होटल सोल्टीमै राष्ट्रपति भण्डारी आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।

भोलि बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि सी नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीको वार्ता हुनेछ ।राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमै नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षरसमेत हुनेछ ।राष्ट्रपति सी भोलि दिउँसो १२ः३० बजे चीन फर्कनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->