आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कौडा खेल्नेहरु पक्राउ

कौडा खेल्नेहरु पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७६, मंगलबार

पोखरा,२८ असोज – कौडा खेल्ने १५ पक्राउ पोखरा २७ असोज । पोखराको १८ चालिसे बाट कौडा खेल्ने १५ जनालाई पक्राउ गर्ने क्रममा दुई प्रहरी सहित एक जना घाइते भएका छन । प्रहरीले कौडा खेलेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय कास्कीका असइ सन्तोष सुवेदी र प्रहरी जवान दिवनाथ लामिछाने घाइते भएका हुन भने कौडा खेल्ने विमल देवकोटा पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको मेट्रोसिटी अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक नरहरी अधिकारीले जानकारी दिए ।
लेकसाइडको खपौँदी नजिकै रातको समयमा कौडा खेलिरहेका उनीहरुको साथबाट नगद ६ लाख १० हजार रुपैयाँ बरामद भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।‘पक्राउ पर्ने क्रममा भागाभाग चल्दा दुवै पक्षका गरि ३ जना घाइते भएका छन् , पक्राउ गरि ल्याउँदा रातको ३ बजेको थियो’, अधिकारीले भने,‘ कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाइ पक्राउ गरिएको हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->