आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लमजुङमा भ्यान दुर्घटना, ६ जना घाइते

लमजुङमा भ्यान दुर्घटना, ६ जना घाइते


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७६, बुधबार

लमजुङ,२९ असोज  – सुन्दरबजार नगरपालिका ७ पाउँदीमा म्याजिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।  पाउँदी-बोराङखोला रुटमा चल्दै आएको ना१ज ७४१५ नम्बरको सेतो म्याजिक भ्यान बुधबार दिउँसो एक बजे राइनासतर्फ जाने पाउँदी सडकबाट झण्डै ३० मिटर तल खस्दा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय भोटेओडारले जनाएको छ ।

 

प्रहरीकाअनुसार घाइते हुनेहरुमा उदयबहादुर मल्ल, सम्झना शाही, लक्ष्मी शाही, मन्दिरा रिमाल नेपाली, सिर्जना नेपाली रहेको र एक जनाको परिचय खुलेको छैन । घाइतेमध्ये दुई जनालाई उपचारका लागि चितवन, एक जनालाई काठमाण्डौ पठाइएको र तीन जनाको सुन्दरबजारको कर्मदा हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

चालकको खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्रमान गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->