आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेकपा सचिवालय बैठक : उम्मेदवार सिफारिश गर्न निर्देशन

नेकपा सचिवालय बैठक : उम्मेदवार सिफारिश गर्न निर्देशन

पार्टी संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी थप


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७६, बुधबार

काठमाडौँ, २९ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक १० गतेसम्म उम्मेदवारको सिफारिस पठाउन मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन हुने क्षेत्रबाट तीनजना उम्मेदवरको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्णय गरेको हो । यसरी सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेछ।
प्रतिनिधि र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रिय कमिटी या जिल्ला र प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने निर्णय भएको सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यस्तै नगर र गाउँपालिका प्रमुखको उम्मेद्वारीका लागि सम्बन्धित स्थानीय तह या जिल्ला कमिटीको तहमा प्रदेश कमिटीले उम्मेद्वार चयन गर्ने श्रेष्ठले वताए। वडा सदस्यको लागि स्थानीय तहको कमिटीले नै टुंगो लगाउने निर्णय पनि बुधबारको सचिवालय बैठकले गरेको छ।
मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरि ७ वटै प्रदेशमा उप निर्वाचना हुँदैछ। प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं. २, प्रदेश सभाका लागि बाग्लुङ २(२), दाङ ३ (२) र भक्तपुर १ (१) तथा अरु स्थानीय तहमा गरि ५० ठाउँमा उपचुनाव हुन लागेको छ।
यस्तै नेकपा सचिवालय बैठकले पार्टी संगठन विभागमा ३ जना सदस्य थप गर्ने निर्णय गरेको छ। थप हुने सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी छन्। ३ जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग ५ सदस्यीय भएको छ। यद्यपी विभागले पूर्णता भनेको पाएको छैन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->