दाङ, ३० असोज – बिप्लव नेकपाका केन्द्रिय नेताहरु दाङबाट पक्राउ परेका छन् । दाङको राजपुर गाउँपालिका ४ मुङ्रेटाखोलाबाट राप्ती ब्यूरोको बैठक बसिरहेको बेला राति १ बजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिए । पक्राउ पर्नेमा केन्द्रिय सदस्य तथा कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द, राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाठालगायत रहेका छन ।





