आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७६, शुक्रबार

पोखरा, १ कार्तिक –  मुख्य न्यायधिवक्ताको कार्यालय गण्डकीले गत वर्षको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेशभ गरेको छ । बिहिबार मुख्य न्यायधिवक्ता डा. राजेन्द्र घिमिरले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष पेश गरेका हुन् ।
आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश सहित घिमिरेले प्रतिवेदनमा समावेश भएको विवरणको संक्षिप्त जानकारी पढेर सुनाएका थिए । गण्डकी प्रदेशले सरकारले २०७४ चैत ८ गते डा. घिमिरेलाई मुख्य न्यायधिवक्ता नियुक्त गरेको थियो ।
प्रदेश प्रमुख कुँवरले प्रतिवेदन सुनेपछि न्यायाधिवक्ताको कार्यालयले आरम्भिक रुपमा कानून बमोजिम गर्नुपर्ने काम कर्तव्य गरेकोमा खुसी व्यक्त गरे । ‘संविधानको व्यवस्थाबमोजिम न्यायाधिवक्ताको कार्यालयले वार्षिक प्रतिवेदन बुझाएर आफ्नो कर्तव्य पूरा गर्नुुभयो’ प्रदेश प्रमुख कुँवरले भने,‘अग्रजले उत्तराधिकारीलाई दिने भनेको पद्धती नै हो । पद्धती बसाल्ने कामको सुरुवात भएको छ ।’
मुख्य न्यायधिवक्ता डा राजेन्द्र घिमिरले कार्यालय स्थापना भएपछि आर्थिक वर्ष २०७५÷०७६ मा मुख्य न्यायधिवक्ताको कार्यालयबाट सम्पादित काम कारबाहीको विवरण, त्यसको प्रभावकारिता, हासिल गरेको सफलता, कार्यसम्पादनमा आएका चुनौती र सुधारका लागि सुझावहरुसमेत प्रतिवेदनमा राखिएको बताए ।
उनले गत वर्ष मुख्य रुपमा कार्यालय स्थापना गर्ने, त्यसको व्यवस्थापन, मुख्य मन्त्रीको कार्यालय, विधेयक समिति, विधायन समिति, स्थानीय तहमा कानून तर्जुजमा सहजिकरणमै समय बितेको बताए ।
नेपालको संविधान धारा १६० को उपधारा (७) तथा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ११ बमोजिम मुख्य न्यायाधिवक्ताले प्रत्येक आर्थिक वर्षमा आफ्नो कार्यालयले गरेका काम कारबाहीको प्रतिवेदन तयार गरी त्यस्तो आर्थिक वर्ष समाप्त भएको तिमितिले ३ महिनाभित्र प्रदेश प्रमुख समक्षा पेस गर्नुपर्नेछ भन्ने कानुनी प्रावधान रहेको छ ।
प्रतिवेदन कार्यान्वयनका लागि प्रदेश प्रमुखबाट प्रदेशका मुख्यमन्त्री मार्फत प्रदेश संसदनमा पेस गर्ने प्रावधान रहेको छ । प्रतिवेदन पेस कार्यक्रममा गण्डकी प्रदेशमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिवहादुर चुमान, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी पौडेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कानून सचिव दलबहादुर अधिकारी, उच्च सरकारी वकिल कार्यालयका प्रतिनिधी, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->