बागलुङ ,१ कार्तिक – बागलुङको बुर्तिबाङबाट सदमुकाम बागलुङ बजारका लागि छुटेको ग१ख ५७०४ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । बागलुङ नगरपालिका–३ खहरे बोक्सेखाल्टामा भएको दुर्घटनामा परी दुई जना घाईते भएका छन् । बस अनियन्त्रीत भएर सडक छेउको नालिमा पल्टिँदा बसमा सवार १४ जनामध्ये २ जना मात्रै सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । घाईते मध्ये बागलुङ नगरपालिका–३ का २० बर्षिया सञ्जय किसानको ढाडमा समान्य चोट रहेकाले धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाईएको छ । अर्का घाईते बानपा–३ कै सुनिल बस्यालको धौलागिरी अञ्चल अस्पताल बागलुङमै उपचार भैरहेको छ । बसका चालक बिकास बिक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसका मालिक सम्पर्कमा रहेकाले उनी मार्फत चालकको खोजी भैरहेको रानाभाटले बताए ।





