आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उपनिर्वाचनको मनोनय दर्ता कात्तिक २१ गते

उपनिर्वाचनको मनोनय दर्ता कात्तिक २१ गते


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७६, शनिबार

पोखरा,२ कातिक – सर्वाधिक चासोका साथ हेरिएको कास्की क्षेत्र नम्बर २ को चुनावी माहौल अब तात्ने देखिएको छ । निर्वाचन आयोगले मंसिर २४ गते हुने चुनावको लागि कार्यतालीका सार्वजनिक भएपछि आन्तरिक तयारीमा जुटेका दलहरु पनि तात्ने लक्षण देखिएको हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदको लागि मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि अन्य क्षेत्रमा पनि चुनावी सरगर्मी बढ्ने भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि कार्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका छ । सोही दिन दिउँसो १ः३० देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ देखि दिउँसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।त्यस्तै, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समयसहितको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->