आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सुरक्षा निकायले देखायो सडक दुर्घटना सचेतना डेमो

सुरक्षा निकायले देखायो सडक दुर्घटना सचेतना डेमो


  • विजय नेपाली
  • कार्तिक ३ २०७६, आइतबार

पोखरा,३ कात्तिक – पोखराको पृथ्वीचोकमा एकाबिहानै निकै भिड थियो । हरेक शनिवार केही शान्त देखिने पृथ्वीचोकको मुख्य बाटोमा पाँचवटा सवारी साधन एक आपसमा ठोक्किए । बाटोमा एक महिला र एक पुरुष सडकमा लडिरहेको थिए । मोटरसाइकलमा सवार उनीहरु दुईजना रोडमा रगताम्मे थिए भने ट्याङकरसँग ठक्कर खाएको बसबाट पनि यात्रुहरु चिच्याएको सुन्निथ्यो । बाटोमा हिँड्ने यात्रु तथा सवारी चलाएकाहरु समेत रोकेर एक आपसमा कुराकानी गर्दै थिए,‘ठुलो दुर्घटना भएको रहेछ ।’ हुन पनि सडकमा ठूलै दुर्घटना भएको थियो तर। त्यो थियो एक नाटक मात्रै ।
पोखराकाृ पृथ्वीचोकमा दुर्घट्नाकै झल्को दिनेगरी सडक दुर्घटना उद्धार नमूना अभ्यास गरिएको हो । ठूला दुर्घट्ना हुँदा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र अर्थात तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार गर्ने पूर्वतयारी स्वरुप यो अभ्यास गरिएको हो ।नेपाली सेना पश्चिम पृतना, सशस्त्र प्रहरी बल गण्डकी प्रदेश एवंं गण्डककी प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको संयोजनमा सडक दुर्घटना उद्धार नमुना अभ्यास भएको थियो ।
नेपाल प्रहरीको समन्वयमा नेपाल आर्मी र सशस्त्र प्रहरीसमेत उद्धारमा खटिएको थियो । रेडक्रसको टिम प्राथमिक उपचारमा खटियो भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा घाइतेको उपचारको अभ्यास गरियो ।बिपद कुनै पनि समयमा आउन सक्ने हुनाले बिपद ब्यबस्थापनका लागि पूर्व तयारी स्वरुप अभ्यास गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमानले बताए ।

घट्नाको प्रकृति हेरेर कतै एकल प्रयास त कहीँ तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार गर्नका लागि पूर्वतयारी स्वरुप नमूना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताए । अन्तर्राष्ट्रिय विपद व्यवस्थापन सप्ताहको अवसरमा तीन वटै सुरक्षा निकाय तथा गण्डकी प्रदेशको संयोजनमा उक्त कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->