बागलुङ, ५ कात्तिक – एक बालिका लाई अपरहरण गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रहदशा हेर्ने बाहनामा गाउँ छिरेका एक नक्कली सन्यासीले निसीखोला गाउँपालिकामा बालिका अपहरण गरेको स्थानीयले बताए ।
उनले निसीखोला २ का लोकबहादुर कुँवरकी १० बर्षिय छोरी मिनाक्षीलाई प्रलोभनमा पारेर बुर्तिवाङ लैजादै गरेको भेटिएको भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेका थिए । गाउँलेले भेटेर उनलाई प्रहरीमा बुझाएका छन् । बाबुआमा नभएको मौकामा सोमबार उनले ती बालिका लाई कपडा किनिदिने भन्दै बुर्तिवाङ तर्फ लगेको बुझिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ । तर ती बालिका र सन्यासीको नातेदार पनि हुन सक्ने भन्दै अपहरण हो वा होइन अनुसन्धान पछि मात्र खुल्ने प्रहरी उपरिक्षक नवराज भट्टले बताए ।





