हजारी सयपत्री मखमली फुल फुलेछन् आगनी डिल
पाकेर धान पहेलपुर प्रशन्न छ किसानको दिल ।
दिदी र बैनी सम्झदै छन् माईती दाजुभाइ
प्रदेशमा दाजु भाइ खाली छ निधार पर्छ पिर सबैलाई ।
को हि भाइ अाय मिलाई बिदा गुनिलो साहु परे
दिदी प्रदेशको मामला पाईन्न बिदा अाशु चाहिँ नझारे ।
मखमली फुलको उनेर माला चढाउनु यमराजलाइ
संकल्पगरी केही नहोस भनी यो मेरो भाईलाई।
न खानु रक्सि नखेल्नु पासा खोर्खेर र तास
बिगार्छ मति हराउछ चेत लगाउछ उठिबास ।
घिउमा पकाई घरमै बनाई खानु है परिकार सेलरोटी
रमाईलो गर्नु ईष्ट र मित्र साथी भाइ सब भेटी।
अहिले आइन अर्को साल पक्कै भेटौला परिवार
खेलौला देउसी लगाउला टीका खाउला परिकार ।
रेकर्डमा हैन नाच गाएर गित बजाउला मादल
बजाउदै डम्फु मारुनी बनी लगाउला घाघर।
उज्यालो पर्व आयो है तिहार संरक्षण गरौ है
काडेर ऋण नगरौ भड्को अाम्दानी हेरौ है ।
पहिले र अहिले एउटै छैन फेरीए जमना
नराम्रो त्यागौ राम्रोलाई मानौ तिहारको शुभकामना। तिहारको शुभकामना।





