बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भौतिक विज्ञानमा अर्को चमत्कार : कुवँरले पत्ता लगाए औसत गतिको सूत्र

भौतिक विज्ञानमा अर्को चमत्कार : कुवँरले पत्ता लगाए औसत गतिको सूत्र


  • धु्रबसागर शर्मा
  • कार्तिक ११ २०७६, सोमबार

म्याग्दी, ११ कात्तिक –  मानिलिनुस् कि, तपाईँ स्थिर अवस्थामा रहेको कुनै मोटरसाइकल चलाउँदै हुनुहुन्छ । चलाउँदै जाँदा उक्त मोटर साइकलले पहिलो एक सेकेन्डमा १२ मिटर, दोस्रो एक सेकेन्डमा २४ मिटर, तेस्रो एक सेकेन्डमा ३६ मिटर, चौँथो एक सेकेन्डमा ४८ मिटर र पाँचौँ एक सेकेन्डमा ६० मिटर दुरी पार गर्न पुग्छ । यतिबेला उक्त मोटरसाइकलको औसत गति कति हुन्छ भनेर जान्न मन लाग्यो भने के गर्ने ?
भौतिक शास्त्रमा औसत गतिसम्बन्धी यस खालको समस्या हल गर्नु परेमा सुवात समीकरणसँग सम्बन्धित त्यही समीकरणको प्रयोग हुन्छ । जुन समीकरण विश्वभरिका शिक्षण संस्थाहरुमा पठनपाठन गराइन्छ । जबकि यसको सही समाधान पहिल्याउन नसक्दा न्युटन र लब्निजले समेत डिफ्रेन्सियल क्याल्कुलसको प्रयोगको प्रयास गरेको देखिन्छ ।
तर हालै नेपालमा काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्समा भएको एक अनुसन्धानबाट औसत गतिसँग सम्बन्धित उक्त कामचलाउ समीकरणको सही समाधान हुन सक्दो रहेछ भन्ने खुलासा भएको छ । बेनी नगरपालिका २, ज्यामरुककोटका वैज्ञानिक भविन्द्र कुँवरले औसत गति निकाल्ने समीकरण पत्ता लगाएपछि उक्त कुरा थाहा हुन आएको हो ।
कुँवरको उक्त खोजबाट शताब्दीऔँदेखि समाधान हुन नसकेको महत्त्वपूर्ण समस्या हल हुन पुगेको हो । “झन्डै चार शताब्दी अघिदेखि यस समस्याको समाधान निकाल्ने सही समीकरणका लागि प्रयत्न भइरहेको थियो, त्यसको प्रतीक्षामा भौतिक विज्ञान थियो ।”, कुँवरले भने ।
आइन्सटाइनको सापेक्षताको सिद्धान्तको प्रभावपछि पहिलेजस्तो व्यवहारिक र प्रयोगशालीय अनुसन्धानका आधारमा समीकरणहरु निर्माण गर्ने परम्परामा आँच आउनाले यस्ता व्यवहारिक समस्याहरु ओझेलमा परेको हुन सक्ने खोजकर्ता कुँवर बताउँछन् ।
“पछिल्लो समयमा युवाहरु आधारहीन र काल्पनिक विषयहरुमा आकर्षित हुनु भौतिकीका लागि चिन्ताको विषय हो । व्यक्तित्वको प्रभावका आधारमा प्रमाणहीन दाबीहरुका पछि लागेर कहिल्यै पनि तथ्यपूर्ण निष्कर्षमा पुग्न सकिँदैन ।” कुँवरले चिन्ता व्यक्त गर्दै भने ।
औसत गतिको प्रचलित समीकरणमा के समस्या थियो ?
कुवँरका अनुसार सुवात समीकरणअनुसार उदाहरणमा दिइएजसरी चलेको कुनै साधनको औसत गति निकाल्दा सुरुको गति र अन्तिम गतिको योगफल निकाली त्यसलाई दुईले भाग गरिन्छ ।
परम्परित सूत्रमा औसत गति (औ.) = (सु.+अ.)÷२ भन्ने मानिन्छ । सो सूत्रबाट माथिको उदाहरणमा दिइएको मोटर साइकलको औसत गति निकाल्दा ३० मिटर प्रतिसेकेन्ड (अर्थात् औसत गति = (०+६०)÷२ मिटर प्रतिसेकेन्ड) हुन जान्छ ।
“यतिबेला सामान्य जोडघटाउमा आत्मविश्वास भएको र औसत दर निकाल्न सिकेको जोकोहीले पनि औसत गति ३० मिटर प्रतिसेकेन्ड नभई ३६ मिटर प्रतिसेकेन्ड हुन्छ भन्ने जान्दछ ।” औसत गतिको प्रचलित मान्यताबारे स्पष्ट गर्दै अनुसन्धानकर्ता कुँवरले भने ।
यहाँ नभन्दै वास्तविक औसत गति ३६ मिटर प्रतिसेकेन्ड हुनुपर्नेमा ३० मिटर प्रतिसेकेन्ड हुन पुगेको देखिन्छ । सो उदाहरणमा पार भएको दुरीको जम्मा मात्रा १८० मिटर हुनु र लागेको सयम ५ सकेन्ड हुनुले पनि परम्परित समाधान कामचलाउ समाधान हो भन्ने स्वतः पुष्टि गर्दछ ।
“तर कसैले परम्परित सूत्रलाई विश्वभरि स्वीकृत भएको र ठूलाठूला वैज्ञानिकहरुले समेत सही मानेको सूत्र हो भनेर पूर्वाग्रह नभरिदिने हो भने कुनै विशेषज्ञ, भौतिक शास्त्री वा शिक्षकलाई नसोधेरै पनि उसले यस अवस्थाको औसत गति ३० मिटर प्रतिसेकेन्ड हुँदैन भन्ने कुरामा आफूलाई पक्का गर्न सक्छ ।” कुँवरले पूर्वाग्रहले पार्ने प्रभावबारे सचेत हुन आग्रह गर्दै भने ।
औसत गति मापन गर्ने नयाँ समाधान के हो ?
सुव्रत समीकरणहरुको अनुसन्धानका क्रममा भौतिक विज्ञानमा औसत गतिसम्बन्धी उक्त समस्याका लागि सही समाधान दिने समीकरण नभएको थाह भएको थियो । यसपछि कुँवरले उक्त समस्याको समाधान खोज्न थालेका हुन् ।
वैज्ञानिक कुँवरले सम्बन्धित परीक्षण तथा प्रवचन कार्यक्रमहरु काठमाडौँ, ललितपुर र चितवनका विभिन्न शिक्षण संस्था र पुस्तकालयहरुमा भौतिक शास्त्र पुनर्निर्माण अभियानका कार्यक्रममार्फत् पटकपटक प्रदर्शन गर्दै आएका थिए ।
औसत गति निकाल्न कुँवरले सर्वप्रथम सन्दर्भविन्दु सङ्ख्या र प्रदुर्यान्तरको सहारा लिएको बताए । यस क्रममा औसत गति निकाल्नका लागि सन्दर्भविन्दु सङ्ख्यालाई प्रदुर्यान्तरले गुणन गरी आधा गर्नुपर्ने देखियो ।
परीक्षण गर्दै जाँदा उक्त समीकरणलाई एन्थ टर्म वा संख्यौँ चरणहरुका सन्दर्भमा समेत सही रुपले काम गरेको पाउन सकियो । यसपछि प्रयोगशालीय र गणितीय परीक्षणबाट प्रमाणित गर्ने कार्य भयो ।
‘कुँवरको समीकरणले दिने नतिजा सही छ वा छैन भन्ने कुरा हामी आफैले पनि जाँचेर हेर्न सकिन्छ । उहाँको सूत्रअनुसार माथिको समस्याका लागि सन्दर्भविन्दुको जम्मा सङ्ख्या ६ हुन आउँछ भने प्रदुर्यान्तर १२ मिटर प्रतिसेकेन्ड हुन आउँछ ।
तब उक्त सूत्रअनुसार ६ र १२ मिटर प्रतिसेकेन्डको गुणनफललाई आधा गर्दा ३६ मिटर प्रतिसेकेन्ड नै हुन जान्छ । जुन पूर्णतः सही देखिन्छ,अर्का युवा वैज्ञानिक सुवोध ढकालले भने ।
नयाँ समीकरण कसरी परीक्षण गर्ने ?
भौतिक विज्ञानको कुनै पनि नियम वा समीकरण सत्य छ कि छैन भन्ने कुरा प्रमाणित गरिदिने छुट्टै व्यक्ति, संस्था वा राष्ट्र तोकिएको हुँदैन । कुन देशको कस्तो मानिसले गरेको काम भनेर धारणा बनाइँदैन । भौतिक विज्ञानमा जसले तथ्यका आधारमा नयाँ काम प्रमाणित गर्यो उही नै त्यस कार्यको आधिकारिक व्यक्ति हुन्छ । विश्वव्यापी अभ्यास यही हो ।
युवा वैज्ञानिक कुवँरका अनुसार खोजकर्ताले प्रयोगशाला वा गणितीय प्रमाणका आधारमा प्रमाणित गर्ने हो । जसले प्रमाणित गरे पनि कुनै स्थापित स्वयंसिद्ध तथ्य वा स्वीकृतिलाई आधार लिने हो । कुनै विषयलाई कसरी प्रमाणित गर्ने भन्नेबारे सामान्यतः ९ वा १० कक्षाका गणित र विज्ञानका पाठहरुमा समेत सिकाइएको हुन्छ ।
औसत आयु, औसत तौल आदि निकाल्ने तरिका औसत गतिका सन्दर्भमा समेत मिल्न जान्छ । माथिको उदाहरणमा पनि एकएक सेकेन्डका समयान्तरालको सङ्ख्या ५ रहेको छ भने पार भएको दुरीको जम्मा मात्रा १८० मिटर (१२+२४+३६+४८+६० मिटर) हुन आउँछ ।
५ सेकेन्डले १८० मिटरलाई भाग गर्दा उक्त औसत परिमाण ३६ मिटर प्रतिसेकेन्ड हुन जान्छ । कुँवरको सूत्रबारे थप स्पष्ट हुनका लागि तालिका १ हेर्न सकिन्छ । कुँवरले उक्त समीकरण सबै सङ्ख्याका लागि सही हुने प्रमाणित गरेका छन् । उनको अनुसन्धान पत्रमा दिइएको डेरिभेसनमा उक्त कुरा रहेको फिजिक्स रिर्फमेसन कम्पाइनले जनाएको छ ।
उक्त खोजबाट वैज्ञानिक कुँवरले भौतिक विज्ञानमा शताब्दीऔँदेखिको अनुसन्धान रिक्तता पूरा गरेका छन् । कुँवरको खोजअघि उक्त समस्याको सही सूत्र पत्ता लगाउन सकिएको थिएन । अब भने शास्त्रीय भौतिकीमा यो समस्याको समाधान भएको छ । कुवँरको यस खोजबाट संसारभरिका भौतिकशास्त्री, वैज्ञानिक, खोजकर्ता, प्राध्यापक, इन्जिनियर र विद्यार्थीहरु लावान्वित हुने पक्का भएको फिजिक्स रिर्फमेसन कम्पाइनले छ ।
“यो कुनै व्यक्ति विशेष वा संस्थाविशेषको लाभहानिको विषय नभई समग्र शास्त्रीय भौतिक विज्ञानका लागि उपलब्धी भएकाले अनुमानका भरमा धारणा बनाउनु विज्ञानसम्मत हुँदैन ।” शास्त्रीय भौतिकीमा विद्यावारिधिरत कुँवरले भने ।
“यो अन्य विषयहरुजस्तो प्रमाणविहीन विषयहरुजस्तो तर्कवितर्क गर्ने र अरुले के भनिदेलान र सही थापुँला भनेर मुख ताक्ने विषय होइन । सर्वप्रथम नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको पाठ्यक्रममा सुधार गर्नुपर्छ । नबुझेका विषयमा कसलाई कहाँ स्पष्ट पार्नुपर्छ म हाजिर छु र हुनेछु ।” खोजकर्ता कुँवरले भौतिक शास्त्रको इतिहास र विश्वव्यापी अभ्यासबारे सुझाउँदै भने ।
“राज्यले यस्ता ऐतिहासिक खोजहरुलाई निकै हल्का रुपमा लिएको छ, झन्डै दर्तासम्म गरिदियो । यतिमै पनि आभारी हुनुपर्ने अवस्था छ ।” कुँवरले राज्यको उदासिन प्रवृत्तितर्फ सङ्केत गरे ।

“एकातिर सयौँ खोजकर्ताहरुका अनुसन्धानपत्रहरु विश्वचर्चित जर्नलहरुमा छापिँदै छन् भने अर्कातिर नयाँ मानवपुस्ताले तथ्यहीन गलत आधारभूत मानाइमा आधारित खोजहरुको अध्ययनमा समय र लगानी खर्च गरिरहेको छ ।”, वैज्ञानिक कुँवरले राज्यको ध्यानाकर्षण गर्दै भने, “विश्वसामु राष्ट्रको शिर ठाडो गराउन र विश्वभरिका वैज्ञानिकहरुलाई हामीतिर फर्किने बनाउन यस खालका खोजहरुले कति भूमिका निर्वाह गर्छन् वा गर्दैनन् भन्ने कुरा राज्यले अनुमान लगाउन ढिलो गर्नुहुँदैन ।”
वैज्ञानिक कुँवर भन्छन्, “कसैलाई खुशी पार्न वा प्रकाशनार्थ सजिलो हुन भनेर गरिने अनुसन्धान लेखहरु आग्रहबाट मुक्त हुन निकै चुनौती हुन्छ । उनीहरुलाई यस्ता परीक्षणीय र प्रत्यक्ष तथ्यहरुबारे जानकारी गराउने कर्तव्य हामी सबैको हो ।”
काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्समा भौतिक शास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्षसमेत रहेका कुँवरका हालसम्म क्लासिकल फिजिक्समा केन्द्रित ५ वटा पुस्तक प्रकाशित भइसकेको र दर्जनौँ परीक्षणमूलक प्रवचन कार्यक्रमहरुमा प्रमुख वक्ताका रुपमा प्रस्तुति दिएको अभियानका महासचिव नवीन भावुकले बताए ।
“अब यो विश्वव्यापी महाअभियानलाई अगाडि बढाउन हामी सबैले आआफ्ना ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।”, अभियानका महासचिव भावुकले भने ।
वि.सं. ०५५ अघिदेखि तरल पदार्थको विस्थापन, दुर्यान्तर, प्रदुर्यान्तर तथा सुव्रत समीकरणसम्बन्धी खोज गर्दै आएका कुँवरले केही विज्ञसमीक्षित जर्नलहरुमा द्रवयान्त्रिकी र शास्त्रीय भौतिकीसम्बन्धी अनुसन्धान लेखहरु प्रकाशन गरिसकेका छन् । वैज्ञानिक कुँवर हाल त्रिभुवन विश्वविद्यालयमा क्लासिकल फिजिक्समा विद्यावारिधिरत शोधार्थी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->