बागलुङ, ११ कात्तिक – ब्यङ्ग्य कवि अर्जुनराज पन्तको पहिलो ब्यङ्ग्यकाब्य कोइली बागलुङमा एक कार्यक्रमका विच सार्वजानिक गरिएको छ । लक्ष्मी जयन्तीको अवसर पारेर बरिष्ठ आख्यानकार तथा समालोचतक भवानी प्रसाद पाँण्डेले सो कृति सार्वजानिक गरेका हुन । बिद्यामन्दिर पुस्तकालय बागलुङको देवकोटा जयन्ति संयोजन समिति र बिद्यामन्दिर पुस्तकालयको संयुक्त आयोजनामा सो कृतिका साथै साहित्यकार डा.षडानन्द पौड्यालद्वारा लिखित काजी रोशनको काव्य साधना नामक समालोचना समेत सार्वजानिक गरियो । सो कृतिको पनि पाँण्डेले सार्वजानिक गरे ।
सो अवसरमा मन्तब्य राख्दै डा. पाँण्डेले उत्कृष्ट साहित्यमात्र समाजमा स्थापित र अमर बन्ने बताए । समाजमा बिभिन्न खाले साहित्य सृजना कसरि भएका छन भन्ने बिषयमा चर्चा गर्दै उनले साहित्यले धार पकड्न सके मात्र त्यसले पूर्णता पाउने वताए । धौलागिरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख उपप्राध्यापक आनन्दराज शिलवाले समिक्षात्मक टिप्पणी गरे । शिलवालले कबि तथा काब्यकारको कवित्व माथि प्रकाश पार्दै प्रबासमा बसेर पनि नेपाली साहित्यमा यसरी एक फरक धारको काब्य दिने कबिको कबित्वलाइ प्रशम्सा गरे । कोेइली काब्य भित्रका खण्ड र बिषयबस्तुहरुको समेत सक्षिप्त बिबेचना गर्दै भने नेपाली सहित्यको काब्य बिधामा बिगतमा पनि फुटकर ब्यङ्ग्य कविता लखिन्थे र कतिपए काब्यहरुमा पनि कहि कतै ब्यङ्ग्यका बिषयबस्तु नआएका हैनन् तर एउटा काब्य नै यसरि ब्यङ्ग्यमा आउनुलाइ साहित्य इतिहासमा एक नयाँ उपलब्धी भन्दै बिगतमा कविशिरोमणि लेखनाथ पौड्यालबाट नबकाब्यको रुपमा तरुण तपसी आएको परिबेशलाइ स्मरण गरे ।
सो अवसरमा सर्जकहरु कोपीला कँडेल, चन्द्र क्षेत्री, गोबिन्द सुबेदी, सुरेन्द्रदत्त रेग्मी र तुलसीराम पाँण्डे लगायतले सृजना वाचन गर्नका साथै साहित्यकार तथा सर्जक डा।षडानन्द पौडेलबाट धौलागिरि क्षेत्रको साहित्यिक बिकासको बारेमा र उप प्राध्यापक हरि प्रसाद पाँण्डेबाट काज ीरोशनको काब्य यात्रा पुस्तकको समिक्षा समेत गरियो ।
उक्त समारोहमा पुस्कालयका सल्लाहकार श्याम श्रेष्ठले बिद्यामन्दिर पुस्तकालयलाइ नगद रु. ५५ हजार सहयोग समेत स्तान्तरण गर्नु भयो ।.
कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षता, देबकोटा जयन्ती संयोजन समितिका संयोजक काजि रोशनको स्वागत मन्तब्य र बिद्यामन्दिर पुस्तकालयका सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।





