आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७६, आइतबार

काठमाडौं, १७ कात्तिक – नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त भएका छन्। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो। काउन्सिल अध्यक्षको रुपमा कोइरालाको कार्यकाल चार वर्षको हुनेछ। यसअघि काउन्सिलको अध्यक्षमा डा. धर्मकान्त बास्कोटा थिए। गत जेठमा उनको कार्यकाल सकिएपछि अध्यक्षको पद रिक्त्त भएको थियो।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो । दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो । तर प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको हो ।
यद्यपि आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन । गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टरमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गरे । कोइरालाले केन्द्रीय बाल अस्पताल खोल्ने योजना बनाएका छन् । सरकारले सो अस्पतालको लागि जग्गा उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->