मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कर दिवस : धौलागिरीका उत्कृष्ठ चार करदाता सम्मानित

कर दिवस : धौलागिरीका उत्कृष्ठ चार करदाता सम्मानित

कर तिर्ने ब्यक्ति र संस्थालाई राज्यले सम्मान गर्न थालेपछि कर छल्ने संख्यामा पनि आएको भनाई


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७६, आइतबार

बागलुङ, ८ मंसिर- आठौँ राष्ट्रिय कर दिवसको सप्ताह कार्यक्रम अन्तरगत शनिवार धेरै कर तिर्ने धौलागिरीका संस्था र ब्यक्तिलाई आन्तरिक राजश्व कार्यालय बागलुङले सम्मान गरेको छ । बागलुङ जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने सिवासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको छ । सबैभन्दा बढी कर तिर्ने करदाता सम्मान कार्यक्रममा सिवाईसी साकोस उत्कृष्ट करदाता भएकाले सम्मान गरिएको आन्तरिक राजश्व कार्यलय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदीले बताए । सबैभन्दा बढी कर तिरेर सम्मानित भएको सिवाईसीको यो पाँचौ पटक हो ।
त्यसैगरी राज्यलाई पर्वतबाट सवैभन्दा बढि कर तिरेको भन्दै कमल बहादुर खत्री, म्याग्दीबाट लिला बानियाँ र मुस्ताङबाट प्रेम प्रसाद तुलाचन सम्मानित भएका छन । कर्मचारीबाट नायब सुब्बा शालिकराम सापकोटा नगद सहित सम्मानित भए । बढि करदाताहरुलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
स्वच्छ कर प्रशासन बिकास र सुशासन भन्ने नारा सहित सञ्चालित राष्ट्रिय कर दिवसको सप्ताह ब्यापी कार्यक्रम सम्मान सहित समापन गरिएको हो । कार्यक्रममा बागलुङका मुख्य न्यायाधीश मोहन बहादुर कार्की, आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत हेमराज सुवेदी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, सम्मानित मध्येबाट सिवाइसि सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा , कमल बहादुर खत्री र लिला बानियाँ लगायतका बक्ताहरूले सरकारले करको दायरा फराकिलो बनाउदै लगेपछि कर तिर्नुपर्छ भन्ने भावनाको विकास भएर संख्या बढ्दै गएको धारणा राखे । कर तिर्ने ब्यक्ति र संस्थालाई राज्यले सम्मान गर्न थालेपछि कर छल्ने संख्यामा पनि आएको वताउदै उनीहरुले यसलाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिए । कार्यक्रम बुद्धि प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियोे।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->