शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ट्रायथलनमा २ स्वर्ण, ३ रजत १ कास्यका साथ नेपाल पहिलो

ट्रायथलनमा २ स्वर्ण, ३ रजत १ कास्यका साथ नेपाल पहिलो


  • Dhorpatan News
  • मंसिर १९ २०७६, बिहिबार

पोखरा, १९ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) ट्रायथोलनमा २ स्वर्ण, ३ रजत र १ कास्य पदक सहित नेपाल पहिलो भएको छ ।
१५ पदकको लागि भएको प्रतिस्पर्धामा नेपाल ६ पदक सहित पहिलो भएको हो भने । नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य सहित शिर्षस्थान ओगटेको हो भने भारत ५ पदक सहित दोस्रो स्थानमा रह्यो । भारतले दुई स्वर्ण, दुई कास्य र एक रजत हात पार्दै दोस्रो रहदाँ ४ पदक सहित श्रीलंका अन्तिममा रह्यो ।
नेपालको ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले स्वर्ण हात पारेका थिए ।
त्यसैगरि दुआथलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढामगरले नेपाललाई रजत पदक दिलाएका हुन । साथै सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले मिक्स टिम रिले ट्रायथोलनमा रजत पदक दिलाएका हुन भने पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथेलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए ।
बुधबार भएको मिक्स टिम रिले ट्रायथोलनमा भारतको तर्फबाट प्रग्न्या मोहन, एम एस आदर्श, सोरोजिनी देवी थाउदम र विश्वरजित साइखोमले सहभागिता जनाएका थिए । नेपालको तर्फबाट सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुले सहभागिता गरेका थिए । त्यसैगरि श्रीलंकाको तर्फबाट पुभिनी काहान्दावाला, आशंका निलवीरा, गयाना दशनाएके र छलका विक्रमारच्चीको सहभागिता थियो । भारतको टिमले निर्धारित दुरी १ घण्टा ३५ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हासिल गरेको थियो । त्यस्तै १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रजत पदक हासिल गर्न सफल भएको थियो । श्रीलंकाको टिमले १ घण्टा ४१ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै कास्य पदकमा चित्त बुझायो । मिक्स टिम रिले ट्रायथलनका लागि ३ सय मिटर दुरीको पौडी, ७.५ किलोमिटरको साईकिलिङको दुरी र २.५ किलोमिटर दुरीको दौड तय गरिएको थियो ।
१३ औं सागको ट्रायथलनमा नेपालले विगतको तुलनामा निकै राम्रो खेल देखाएको छ । खेल सामाग्रीको अभावमा पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन देखाएका छन् । यस अघिको १२ औं सागको ट्रायथलनमा १ रजत र १ कास्य मात्र हात पारेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->