शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सावित्रा भण्डारी (साम्वाको) ह्याट्रिकसँगै किर्तिमानी गोल

सावित्रा भण्डारी (साम्वाको) ह्याट्रिकसँगै किर्तिमानी गोल

दाइहरुको ठूलो बुट लगाएर फुटबल खेल्थे : साम्वा


  • विजय नेपाली
  • मंसिर २० २०७६, शुक्रबार

पोखरा,२० मंसिर – १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालकी फरवार्ड सावित्रा भण्डारी(साम्वा) ले ह्याट्रिक गर्दै नयाँ किर्तिमानी गोल कायम गरेकी छिन ।
यसअघि उनका नाममा ३६ गोल थियो । जुन पूर्वकप्तान अनु लामाको नाममा रहेको कीर्तिमानको बराबरी थियो ।
ह्याट्रिक गरेसँगै सावित्रको अन्तर्रािष्ट्रिय गोल संख्या ३९ पुगेको छ । विहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गर्दा नेपालको लागि साम्वाले ह्याट्रिक गरेकी हुन् ।
पोखरा रगंगशालामा रहेको फुटबल मैदानमा घरेलु दर्शकको साथ पाएको नेपाली टिमको लागि खेलको १८ औँ मिनेटमा गोल गर्दै साम्वाले यो किर्तिमान कायम गरेकी हुन् । साम्वाको दोस्रो गोलले चाहिँ नेपालको लागि जीत सुनिश्चित गरेको थियो । खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्, जुन १३ औँ सागमा पहिलो ह्याट्रिक हो ।
‘शुक्र लामा दाइले काठमाण्डौँसम्म ल्याउने वातावरण बनाइदिनुभयो । म फुटबलको लागि नै लमजुङबाट काठमाण्डौँ आएकी हुँ’, भण्डारीले खेलपछि भनिन्,‘–घलेगाउँमा महिला फुटबल हुनु नै मेरो लागि ट्रनिङ पोइन्ट थियो, जसले गर्दा इतिहास बनाउन सकेँ ।’
७१ साल देखि मात्र प्रतियोगिता खेल्न सुरु गरेकी साम्वाले थोरै समयमा नै महिला फुटबलमा लोकप्रियता मात्र होइन नेपाली महिला फुटबललाई थप उपचाईमा पु¥याइन् । ‘मेरो बाल्यकालमा केटि साथि थिएनन् म भन्दा सानो बच्चाहरुलाई लिएर खेल्न जान्थेँ’, उनले भनिन्,‘
घाँस काट्न जान पथ्यार्,े आउँदा ५ बजी सकेको हुन्थ्यो। समय निकालेर खेल्न जान्थेँ । नमिलेको खण्डमा मोजाको बल खेल्थेँ, सुटिङ पावर बढाउथेँ,मलाई थाहा थिएन प्रोफेसनल रुपमा कसरी जान्छ भनेर ।’ एपिएफमा ट्रेनिङ गर्न जादाँ प्लाष्टिकको झोलामा बुट बोकेर जाने गरेको उनले सम्झिन् । फुटबल खेल्दा सिनियर दाइहरुको ठूलो जुत्ता लगाएर खेल खेल्ने गरेको पनि उनले सुनाइन् । साम्बाको किर्तिमानसँगै फाइनल प्रवेश गरेको नेपालले अब भारतको सामना गर्नेछ ।दुवै टोली एक खेल अगावै फाइनलमा प्रवेश गरेका हुन् । अब नेपाल भारतबीच स्वर्णको लागि भीडन्त हुनेछ ।

सञ्जुले रचिन् इतिहास
भारोत्तोलनमा स्वर्ण पदक
नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् ।
पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितिन् । चार देशले भाग लिएकोे विधामा पाकिस्तानको पनि सहभागिता थियो ।
गत वर्ष नेपाल पुलिसमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन् । उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको प्रतिक्रिया दिइन् ।
साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिला तर्फ सहभागिता जनाएको हो । १० औं संस्करणका सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ ।
यस्तै, महिला ५५ केजी तौल समूहमा भारतले स्वर्ण जित्यो । त्यस्तै बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कास्य जित्न सफल भए ।
भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एण्ड जर्कमा एक सयक ५ सहित एक ८१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् ।
बंगलादेशकी फूलपोटी चक्माले १४८ र पाकिस्तानकी साइमा सहजादले १३५ केजी भार बहन गरेका हुन् । बंगलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरिएको थियो ।

भारोत्तोलनमा तुलाराम कास्यमा सीमित
नेपाल आर्मीका तुलाराम महतोले सागअन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य जितेका छन् । उनीबाट कम्तीमा रजत आशा गरिएकोमा पोखरामा बिहीबार भएको ५५ केजी तौल समूहमा उनी कास्यमा सीमित भएका हुन् । सागको यो पहिलो सहभागितामा उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९८ गरी कुल १७८ भार बहन गरेका हुन् ।
नेपाल सहित श्रीलंका र बंगलादेशले मात्र भाग लिएको ५५ केजी तौल समूहमा श्रीलंकाका वाईडीआई कुमाराले स्वर्ण र बंगलादेशका राजकुमार रायले रजत पदक जित्न सफल भए । कुमाराले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० गरी २३५ किलो भार बहन गर्दै स्वर्ण जितेका हुन् भने रायले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०४ गरी कुल १०४ बहन गरेका हुन् । रायले नेपाली खेलाडीलाई क्लीन एण्ड जर्कमा मात्र ६ किलोले पछि पारेका थिए । महतो र रायको स्न्याचमा समान ८० किलो भार बहन थियो ।
यस्तै, ६१ केजी तौल समूहमा भारतीय खेलाडीले स्वर्णमा आफ्नो नाम लेखाए । सिद्धान्त गोगोईले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १४९ गरी २६४ भार बहन गर्दै मात्र १ किलो तौल समूहले श्रीलंकन खेलाडीलाई पछि पारेका हुन् । श्रीलंकाका पालुगासिंघेले स्क्याचमा ११८ र क्लीन एण्ड जर्कमा १४५ सहित कुल १६३ भार बहन गरेका थिए ।
बंगलादेशका मोस्टाइन बेलाले कुल २३५ केजी लिफ्ट लिँदै कास्य जिते । उनले स्न्याचमा १०५ र क्लीन एण्ड जर्कमा १३० केजी भार बहन गरेका थिए ।

संगीताको नयाँ राष्ट्रिय कीर्तिमान

नेपालकी संगीता राईले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गर्दै आफ्नो नाम लेखाएकी हुन् । २६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन् ।

यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए ।

सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन् । श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन् ।

साग महिला ह्याण्डबल
नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा
१३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी मा रहेको नेपाल समुह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । लगातार २ खेलमा जित हात पार्दै ६ अंकका साथ समुह विजेता बन्न सफल भएको हो ।
एक खेल खेलेको श्रीलंकाले हार व्यहोर्दै कुनै अंक खोल्न सकेको छैन भने समान खेल खेलेको बंगलादेश पनि हार व्यहोर्दै कुनै खाता खोल्न सकेको छैन । अब श्रीलंका र बंगलादेश भिड्ने छन भने उक्त खेलमा जित निकाले समुह उपविजेता बन्दै सेमिफाइन प्रवेश गर्ने छन ।
पुरुष ह्याण्डबलमा नेपाल बाहिरियो

साग अन्तरर्गतको पुरुष ह्याण्डबलमा नेपाल बाहिरिएको छ । लिग चरणमा लगातार दुई खेल हारेपछि नेपाल बाहिरिएको हो । दोस्रो खेलमा पाकिस्तानसंग ४३–१९ गोलले पराजित बनेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि, नेपालले पहिलो खेलमा श्रीलंकासग गुमाएको थियो । समूह बी मा पाकिस्तानले पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । पाकिस्तानले शुक्रबार श्रीलंकासग खेल्नेछ । मोहम्मद जुबेरले पाकिस्तानका लागि सर्वाधिक १० गोल गरे । नेपालका कप्तान बिशाल बस्नेतले टोलीका लागि सर्वाधिक ५ गोल गरे ।

ह्याडबलमा पाकिस्तानको जीत

पोखरामा जारी साग महिला ह्याडबलमा २७ का विरुद्ध ३२ गोल गदै मालदिभ्समाथि पाकस्तिानले जित हासिल गरेको छ । पाकिस्तानले ३ अंक जोडेको छ । माल्दिभ्स भने लगातार दुई खेल हार्दै समूह चरणबाट बाहिरिएको छ । यसअघि, माल्दिभ्सले भारतसँग हारेको थियो ।
पाकिस्तानको जितको लागि निजिसाले ८ गोल, खेलाइडियाले ७ गोल, नुसाटीले ५ गोल सिनिशाले ४ गोल, पमिलाले ३ गोल, अस्मा र निमराले २÷२ गोल र सपियाले १ गोल गरेकी हुन ।
माल्दिभ्सको तर्फबाट अडिमा र रिमाले ६÷६ गोल, आर्साले ५ गोल, लबिहिमले र अमिडीले ३÷३ गोल सिफाृले २ गोल, अमिरा र हेस्नाले १ गोल गरेका हुन ।
पुरुष ह्याण्डबलमा बंगलादेशको जित

साग खेलकुद अन्तरगतको पुरुष ह्याण्डबलमा बंगलादेशले जित निकालेको छ । पहिलो खेलमा भारतसग हारेको बंगलादेशले माल्दिभ्समाथि ३८–२२ ले जित्दै ३ अंक बटुलेको छ । समूह ए बाट भारत र बंगलादेशले समान ३ अंक जोडेको छ । शुक्रबार समूहको अन्तिम खेल माल्दिभ्स र भारतबीच हुनेछ । बंगलादेशका लागि मेहेदी हसनले सर्वाधिक ७ गोल गरे । माल्दिभ्सका लागि मोहम्मद रेजुनी अहमदले सर्वाधिक ६ गोल गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->