शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

माल्दिभ्सलाई पराजित गर्दै नेपाल साग फुटबलको शीर्ष स्थानमा

माल्दिभ्सलाई पराजित गर्दै नेपाल साग फुटबलको शीर्ष स्थानमा


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७६, शनिबार

काठमाडौँ, २१ मंसिर – १३ औं साग अन्तर्गत शनिबारको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ।  पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपाल २-१ ले विजयी भएको हो। यो जितसँगै नेपाल सात अंकसहित शीर्ष स्थानमा पुगेको छ। पहिलो हाफमा माल्दिभ्सले १९औँ  मिनेटमा  गोल गर्दै खेलमा अग्रता लिएको थियो। माल्दिभ्सका लागि इब्राहिम हुसेनको गोलबाट लिएको अग्रतालाई अभिषेक रिजालले ४३ औँ मिनेटमा गोल गर्दै बराबरी गरेका थिए। आफ्नो घरेलु मैदान त्रिपुरेश्वस्थित दशरथ रंगशालामा अभिषेकले उत्कृष्ट गोल गर्दै ४३ औं मिनेटमा माल्दिभ्सलाई १-१ को बराबरीमा रोकेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->