म्याग्दी, २८ मंसिर- सुख्खा पहिरोको कारण बेनी–जोमसोम सडक शनिबार बिहानै देखि अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो ।
शुक्रबार राती खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।पहिरो ठूलो खसेकाले सडक खुलाउन उपकरण परिचालन गरेपनि दिनभर लाग्ने शेरचनले बताए । देशका विभिन्न ठाउँबाट बेनी हुदै मुस्ताङ जान हिडेका र मुस्ताङ हुदै बेनी तर्फ छुटेका सवारी साधनहरु बिच बाटोमै रोकीएका छन् ।सडक अवरुद्ध हुदा स्थानीयबासी, मुुक्तीनाथ जाने र फर्कने तिर्थयात्री तथा पर्यटकहरु प्रभावित भएका छन् ।





