मनाङ, २९ मंसिर – शुक्रवारदेखिदेखि परेको हिमपातले अवरुद्ध मनाङको सदरमुकाम चामे वरपरको सडक स्थानीयको सहभागितामा प्रहरीले आईतवार खुलाएको छ । चामे-१ तिमाङदेखि मनाङ ङिस्याङ-९ खाङसारसम्मको अबरुद्ध सडक प्रहरी परिचनालन गरि स्थानीयको सहभागितामा खुला गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक टिकावहादुर कार्कीले वताए । प्रनाउ कार्कीको कमाण्डमा खटिएको ३५ जनाको प्रहरी टोलीले चामे गाउँपालिका वडा नं. ४ चामेस्थित मनाङ सदरमुकाम क्षेत्रका विभिन्न सडकमा रहेको हिउँ पन्छाएर बाटो खुला गरिएको हो । सडकबाट हिउँ हटाएर बाटो खुलाउन स्थानिय बासिन्दाहरुले साथ दिएका थिए । सडकछेउ वरपरको हिउँ हटाएपछि त्यो क्षेत्रमा सवारी साधन चल्न थालेका छन । सडक सरसफाईले पैदल यात्रुलाई पनि सहज भएको छ । हिउँ पर्न वन्द भएमा अन्य क्षेत्रका सडकमा रहेको हिउँ सोमवार हटाउने प्रहरीले जनाएको छ ।





फोटो : सडक सरसफाईमा खटिएका मनाङ प्रहरीको टोली र स्थानीय । तस्विर सौजन्य: जिल्ला प्रहरी कार्यालय मनाङ ।





