शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

फोटो पत्रकार संघकाको अध्यक्षमा प्रदिप

फोटो पत्रकार संघकाको अध्यक्षमा प्रदिप


  • Dhorpatan News
  • पुष २ २०७६, बुधबार

पोखरा,२ पुस – नेपाल फोटो पत्रकार संघ कास्कीको मंगलवार भएको छैटौ अधिवेशनले प्रदिप पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण प्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहचिवमा उमेश पुन र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठ ( सुरज ) लाई सर्वसम्मत रुपमा चयन गरेको छ । सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य चयन भएका छन् । अधिवेशनले सल्लाहाकारमा निर्वतमान अध्यक्ष इन्द्रप्रसाद पौडेल चयन भएका छन् ।
फोटो पत्रकार संघ जनआन्दोलन २०६२÷०६३ को क्रममा अप्ठ्यारो समयमा स्थापना भएको हो । आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट धरपकड भएपछि फोटो पत्रकार संगठीत भएका थिए । फोटो पत्रकार संघले जनआन्दोलन पछि आन्दोलनको बृत चित्र, फोटो प्रदर्शनी गरेको थियो । यस अघि फोटो पत्रकास संघमा घनश्याम पौडेल, कृष्णमणि बराल, ओम लामा र इन्द्रप्रसाद पौडेल अध्यक्ष रहेका थिए ।
अधिवेशनमा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । उक्त कार्यक्रमको सभा अध्यक्ष इन्द्रप्रसाल पौडेलको अध्यक्षतामा भएको थियो भने प्रमुख आतिथ्यता फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङ रहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->