शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कुलपति नियुक्ती प्रक्रिया : एक महिना म्याद थपिने

कुलपति नियुक्ती प्रक्रिया : एक महिना म्याद थपिने


  • ढोरपाटन संबाददाता
  • पुष ३ २०७६, बिहिबार

पोखरा,३ पुस – प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपति नियुक्तीको समय सकियो । तर, समितिले कुलपति छान्न सकेन । सामाजिक विकास मन्त्री नरदेवी पुनमगर संयोजक रहेको कुलपति छनोट समितिले एक महिना थप समय माग्ने भएको छ ।
अर्को मन्त्रिपरिषद बैठकमा नै पेश गर्नेगरि सामाजिक विकास मन्त्रालयले प्रस्ताव तयारी गरेको छ । कात्तिक ५ गतेको मन्त्रिपरिषद बैठकले एक महिनाभित्रै कुलपति नियुक्ती गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
यससँग सम्बन्धित ‘गण्डकी विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक’ को दफा २३ को उपदफा ५ ले कुलपतिको पदमा पहिलोपटक नियुक्तीको लागि सिफारिस गर्न प्रदेश सरकारको शिक्षा क्ष्ोत्र हेर्ने मन्त्रीको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र प्रमुख सचिव सदस्य रहेको तीन सदस्यिय एक समिति गनठ गर्ने व्यवस्था गरेको छ ।
सामाजिक विकासमन्त्री नरदेवी पुनमगरको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेल र प्रदेश प्रमुख सचिव हरि बस्याल सदस्य रहेको समितिको निर्णयानुसार मन्त्रालयले कात्तिक २४ गते ‘गण्डकी विश्वविद्यालयको कुलपति छनौट गर्ने प्रयोजनका लागि रोष्टरमा नाम समावेश गर्ने सम्बन्धि सूचना’ जारी ग¥यो ।
१५ दिने म्यादसहित जारी सूचनाको अन्तिम दिन मंसिर ९ गते सम्म १० जनाले रोष्टरमा नाम चढाएका छन् । मन्त्रालयका उपसचिव भिमप्रसाद तिवारीका अनुसार छ वटा जिल्लाका १० जनाले नाम बुझाएका हुन् ।
कुलपतिका लागि रोष्टरमा नाम चढाउनेमा डा. प्रमोद ढकाल बाग्लुङ, डा. विमल आचार्य प्युठान, डा. पूर्णकान्त अधिकारी र डा. तीर्थबहादुर थापा लमजुङ, डा. मोतीलाल पराजुली कास्की र डा. भिमलाल गौतम पर्वतका रहेका छन् ।
बाँकी चार जना भने काठमाण्डौका हुन् । डा. हेमराज सुवेदी, डा. वासुदेव काफ्ले, डा. विरेन्द्रराज तिवारी, डा. दिपक कुमार खड्का काठमाण्डौका हुन् ।
यी मध्ये डा. तीर्थ बहादुर थापा प्रस्तावित गण्डकी विश्वविद्यालयको सम्भाव्यता अध्ययन समितिका संयोजक समेत हुन् । उनकै समितिले गण्डकी विश्वविद्यालयको प्रस्तावित लागत पनि पेश गरेको थियो ।
मन्त्रालयले जारी गरेको सूचनामा उल्लेखित योग्यता अनुसार कुलपतिको लागि रोष्टरमा नाम चढाउन विद्यावरिधी उपाधि हासिल गरि प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै, ४५ वर्ष उमेर पुरा भएको हुनुपर्ने, नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट दोषी प्रमाणित नभएको, नियुक्ती हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र गण्डकी विश्वविद्यालयसँग कुनै किसिमको स्वार्थ नबाझिएको हुनुपर्ने उल्लेख छ ।
उपसचिव भिमप्रसाद तिवारीका अनुसार सूचनामा उल्लेखित व्यक्तिहरुले नै रोष्टरमा नाम चढाएका हुन् । उम्मेदवारहरुलाई व्यक्तिगत विवरणको साथमा विश्वविद्यालयको दीर्घकालीन सोच सहितको पाँच हजार शब्दसम्मको व्यावसायिक कार्ययोजना, ‘शैक्षिक विकास, पूर्वाकार विकास, प्रशासनिक व्यवस्थापन, स्रोतसाधनको परिचालन र समन्वय र सहकार्य’ पेश गर्न समेत भनिएको छ ।
तर, आवेदकहरुको कार्ययोजना, लगायतका योग्यताहरु माथि समितिले छलफल नसकेको हुँदा म्याद थप्न लागिएको हो । सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले समितिको काम बाँकी रहेको र विश्लेषणको लागि समय अपुग भएका कारण म्याद थप्न लागिएको हो ।
समितिका संयोजक तथा सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले कार्यव्यस्तताका कारण अध्ययन गर्न नभ्याइएको बताइन् ।
“समितिको बैठक बस्न पनि भ्याएका छैनौँ, समय सकिएको छ, मुख्यमन्त्रीसँग छलफल गरेर म्याद थप गर्नेछौँ ।” उनले भनिन् ।
आवेदक सबैको छलफल नसकिएको र प्रक्रियामा नै रहेको उनले जानकारी दिइन् । हालै सम्पन्न दक्षिण एसियाली खेलकुदका कारण पनि समय दिन नसकेको उनको भनाई छ ।
तर, कुलपति नियुक्त भएतापनि बिना उसले बिना संरचना नै काम गर्नुपर्ने हुन्छ । कारण, विश्वविद्यालयको अहिलेसम्म कुनै भौतिक नामोनिसान छैन ।
उनले भनिन्, “कुलपतिले आफ्नो बडि, पाठ्यक्रम, जनशक्ति संरचना बनाउँछ । त्यही गर्न खोजिएको हो ।” उनले बताईन् ।
कुलपतिले आफ्नो बडि, पाठ्यक्रम, जनशक्ति संरचना बनाउँछ । त्यही गर्न खोजिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->