बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शुक्रबारबाट पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन हुँदै

शुक्रबारबाट पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन हुँदै


  • Dhorpatan News
  • पुष ३ २०७६, बिहिबार

पोखरा,३ पुस – न्यारेटरले पोखरामा आफ्नो पहिलो प्रस्तुतीको रुपमा नाटक ‘उ मरेकी छैन’ मञ्चन गर्दैछ । यो नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको न्यारेटर समुहका रेवन राई जानकारी दिए ।पौष ४ गते शुक्रबार दिउँसो साढे ४ बजेबाट पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने यो नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेको नाटक हो । नाटकको परिकल्पना र निर्देशन चे शंकरले गर्दैछन् । नाटकमा लोपोन्मुख मारुनी नृत्य, लोक शैलीको भजन तथा लोक गीत समावेश गरिएको छ । १ घण्टा १० मिनेट अवधिको यो नाटकले दर्शकको माया पाउनेमा निर्देशक तथा परिकल्पनाकार चे शंकर विश्वस्त छन् । यो धार्मिक नाटक हो ।पहिलोपटक सन् २०१२ बाट’ नाटक लेखन तथा निर्देशनमा सक्रिय बनेका चे शंकरले हालसम्म एक दर्जन बढी नाटक दिर्नेशन गरिसके । उनी नाटक लेखन, निर्देशन तथा प्रशिक्षणमा क्रियाशिल छन् । यसअघि चे शंकरको निर्देशनमा पोखरामा तिर्खा नाटक मञ्चन भएको थियो ।नाटकमा रोसन ज्ञवाली, सन्दिप पाण्डे, ज्योती हमाल, विष्णु राज तिमिल्सिना, टिकाराम पौडेल, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसायली, गौरव पौडेल, दिलकुमारी लक्ष्मी हमालले अभिनय गर्दैछन् । नाटकमा सह–निर्देशनको जिम्मा रेवन राईले निभाएका छन् ।नाटक पोखरा थिएटरको गन्र्धव नाटकघरमा पौष १४ गतेसम्म मञ्चन हुनेछ । नाटक हरेक दिन दिउँसो सवा ४ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत मञ्चन गरिने सह–निर्देशक रेवन राईले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->