बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु

पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु


  • ढोरपाटन संबाददाता
  • पुष ५ २०७६, शनिबार

पोखरा,५ पुस – पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु भएको छ । न्यारेटरले आफ्नो पहिलो प्रस्तुतीको रुपमा मञ्चन सूरु भएको यो नाटक पौष १४ गते सम्म पोखरा थिएटरको गन्र्धव नाटकघरममा मञ्चन हुनेछ ।  शनिबार नाटक दुई सो मञ्चन हुने न्यारेटर समुहका रेवन राई जानकारी दिए । दिउँसो १ बजे र अपरान्ह सवा ४ बजे नाटक हेर्न पाइनेछ ।‘उ मरेकी छैन’ नाट्य सम्राट बालकृष्ण समले लेखेको नाटक हो । नाटकको परिकल्पना र निर्देशन चे शंकरले गरेका छन् । नाटकलाई आर्कषक बनाउन धार्मिक संवाद, लोपोन्मुख मारुनी नृत्य, लोक शैलीको भजन तथा लोक गीतले सहयोग गरेको छ । १ घण्टा १० मिनेट अवधिको यो नाटकले नाट्य प्रेमीको थप माया पाउनेमा निर्देशक तथा परिकल्पनाकार चे शंकर विश्वस्त छन् ।नाटकमा रोसन ज्ञवाली, सन्दिप पाण्डे, ज्योती हमाल, विष्णु राज तिमिल्सिना, टिकाराम पौडेल, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसायली, गौरव पौडेल, दिलकुमारी लक्ष्मी हमालले अभिनय गरेका छन् । उनीहरुले आफ्नो भुमिकामा न्याय गर्ने प्रयास गरेकोले नाटक राम्रो बनेको छ । नाटकमा सह–निर्देशनको जिम्मा रेवन राईले निभाएका छन् ।नाटक हरेक दिन दिउँसो सवा ४ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत मञ्चन गरिने सह–निर्देशक रेवन राईले जनाए । आफुहरुको पहिलो प्रयासमा नाटक मञ्चन गरेकोले दर्शकको साथ र सर्पोट आवश्यक परेको उनले बताए । पहिलो सो हेर्न पुगेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएपछि न्यारेटर समुह उत्साहित बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->