शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पिसजोनका विद्यार्थीले गरे कृषि बागवानीको अवलोकन भ्रमण

पिसजोनका विद्यार्थीले गरे कृषि बागवानीको अवलोकन भ्रमण


  • Dhorpatan News
  • पुष ६ २०७६, आइतबार

पोखरा,६ पुस – पोखरा ८ सिमलौचरका विद्यार्थीहरुलाई समाजिक सप्ताह अन्तर्गत पोखराको कृषि अनुसन्धान केन्द्र बागवानीको अवलोकन भ्रमण गराइएको छ । कक्षा ८, ९ र १०मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण गराइएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए । विद्यार्थीलाई कृषि खेती, बीउ बिजन उत्पादन, समय, मौसम, प्रविधि र तौरतरिकाबारे बागवानीका अधिकृत दुर्गादत्त पौडेलले जानकारी दिएका थिए ।
सो अवसरमा विद्यार्थीहरुले अभिरुचिपूर्वक बागबानी कार्यालय हाताभित्र लगाइएका बाली विरुवा, खेती, बोटविरुवाहरुको अध्ययन अवलोकन भ्रमणका साथमा जिज्ञासा राखेका थिए । विद्यार्थीका जिज्ञासालाई बागवानी अधिकृत दुर्गादत्त पौडेलले जवाफ एवम् सहजीकरण गरेका थिए ।
किताबी ज्ञानलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षा दिने उद्धेश्यले गराइएको भ्रमणमा विद्यार्थीले प्रत्यक्ष अवलोकनमार्फत ज्ञान हासिल गर्न सफल भएका थिए । भ्रमणमा आएका कक्षा १० का छात्र राज रोकाले भ्रमण उपलब्धिमूलक भएका बताए । उनले पहिलो पटक बागबानी आए पनि भविष्यमा कृषिमा नै केही गर्न सकिन्छ भन्ने उत्साह थपिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->