पोखरा,७ पुस – कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा तमुहरुको महान चाड ल्होछारको अवसरमा ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ हुने भएको छ ।
घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सह–आयोजनामा ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ भन्ने नारा सहित आगामी १५ देखि १९ गतेसम्म उत्सव हुने भएको हो ।
घलेलस्थित बौद्ध सृजना युवा क्लबको खेल मैदानमा पाँच दिन सञ्चालन हुने उक्त उत्सवको तयारीका लागि सबै पक्ष लागेको क्लब अध्यक्ष राम गुरुङले बताए ।
उनका अनुसार उक्त उत्सवमा मुख्य आकर्षणको रुपमा खुल्ला गाउँ स्तरीय पुरुष भलिबल तथा महिला भलिबल प्रतियोगिता समावेश गरिएको छ । त्यस्तै अन्य प्रतियोगिताको रुपमा प्रौढ (भेट्रान्स) भलिबल (३२ वर्ष माथि), सटफुट छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला मेच घुमाई प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, सटफुट छेलो प्रतियोगिता (प्रौढ), तथा एकल नृत्य खुल्ला नृत्य लगायतका प्रतियोगिताहरु समाबेश गरिएको अक्ष्यक्ष गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार पुरुष भलिबल तर्फको बिजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु. ७० हजार प्राप्त गर्नेछ त्यस्तै उपबिजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु. ४० हजार हात पार्नेछ भने सान्त्वना स्थान हासिल गर्ने टिमलाई मेडल, तथा प्रमाणपत्र सहित नगद रु. २५ हजार प्रदान गरिनेछ भने दर्ता शुल्क नगद रु. ५ हजार निर्धारण गरेको छ ।
त्यस्तै महिला तर्फ बिजेता हुने टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु २० हजार र उपबिजेता हुने टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्रदान गरिने उनले बताए । गुरुङका अनुसार दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको छ ।त्यस्तै प्रौढतर्फको बिजेता टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु. १० हजार प्रदान गरिने टोल विकास संस्थाका संयोजक गुप्त बहादुर गुरुङले बताए उनलका अनुसार उपबिजेता टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु. ८ हजार प्रदान गरिने छ भने अन्य प्रतियोगिताहरुका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।





