शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बालसुधार गृहलाई महानगरको सहयोग

बालसुधार गृहलाई महानगरको सहयोग


  • Dhorpatan News
  • पुष ७ २०७६, सोमबार

पोखरा,७ पुस  – पोखरा महागनरपालिकाले बालसुधार गृहलाई बेड सहयोग गरेको छ । सुधार गुहका बालकहरु बेडको अभावमा भुईमा सुत्ने गरेको गुनासो गरेपछि महानगरले २५ हजार मुल्य बराबरको फलामको डबल बेड दुई ओटा, ओछ्याउने चार ओटा डसना र चार ओटा सिरानी गरि २५ हजार रुपैयाँको सहयोग गरेको हो ।महानगरको सामाजिक विकास महाशाखले आयोजना गर्ने कार्यक्रमको रकम मार्फत बालगृहलाई बेड सहयोग गरिएको हो । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले आइतबार बालगृहका इन्चार्ज रमा शर्मालाई हस्तान्तरण गरे ।कार्यक्रममा बोल्दै उनले महानगरले फर्जुल खर्च भन्दा देखिने काम गरौ भन्ने मान्यताले बालगृहलाई बेड सहयोग गरेको बताउदै भने, यो बेड दिदाँ पनि केही बालकहरु भुईमा सुत्नुपर्ने अवस्था कायमै रहेकोले थप तीन वटा डबल बेड १५ दिनभित्र गृहलाई उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । प्रमुख जिसीले सुधार गहृमा रहेका बालकहरुलाई हिजोको कुरालाई विर्सिएर अव राम्रो व्यक्ति हुन्छु भन्ने भावना लिएर अगाडी बढन आग्रह गरे ।हिजो के भयो अव त्यो नसोचौ उनले भने,‘आत्मबल लिएर जाने हो आत्मग्लानी हैन ।’ उनले बालगृहमा रहेकालाई सीप सिकाउने बताए । यहाँ रहेका बालकहरुको चाहना अनुसार सिप सिकाउन महानगर तयार छ उनले भने, ‘समाजमा उदारणीय व्यक्ति बनेर जीवनलाई राम्रो बनाउनुपर्छ ।’पोखरा महानगर सामाजिक विकास महाशाखा अधिकृत गीता न्यौपानेले बालकहरुको गुनासो सुनेर महानगरमा आग्रह गरेपछि सहयोग गरेको बताउदै यहाँका अन्य समस्याका लागि सधै हातेमालो गरेर अगाडी बढने बताइन् । कार्यक्रम बालगृहका इन्चार्ज राम शर्माको अध्यक्षतामा भएको थियो भने सञ्चालन अजय थापाले गरेका थिए । सुधार गृहमा १८ जिल्लाका ७९ जना बालकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->