शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

आध्यात्मिक जागरणलाई समृद्धिसंग जोड्नुपर्छ : मुख्यमन्त्री गुरुङ

आध्यात्मिक जागरणलाई समृद्धिसंग जोड्नुपर्छ : मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन संबाददाता
  • पुष ८ २०७६, मंगलबार

पोखरा, ८ पुस – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आध्यात्मिक जागरणलाई समृद्धि र उन्नतिसंग जोड्नु पर्ने बताएका छन।पोखराको पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा सोमवार सांझ आयोजित आरती कार्यक्रममा सहभागि बन्दै उनले यस्ता कार्यक्रमले समाजमा भावनात्मक एकता एवम् सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्राकृतिक सम्पदानको प्रचार प्रसार र प्रवद्र्धनका लागि गण्डकी प्रदेश प्रतिवद्ध रहेको बताउँदै मुख्यमन्त्री गुरुङले पोखराको समग्र विकास एवम् पर्यटन प्रवद्र्धनमा धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
पोखरा र आसपासका क्षेत्रका धार्मिक शक्तिपीठहरुमा आरती कार्यक्रम सञ्चालन गरिनु पर्ने आवश्यकता औल्याउँदै मुख्मन्त्री गुरुङले मुलुकमा दिगो शान्ति कायम गर्दै समृद्धको अभियानमा अघि बढनु पर्ने धारणा राखे ।
गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफाबाट भएको आम्दानीले यसको संरक्षण संवद्र्धनका साथै गुप्तेश्वर महादेव वहुमुखी क्याम्पस सञ्चालन गरेको जानकारी दिए ।
गुफा व्यवस्थापन समितिका सचिव हरि लम्सालले गुफा परिसरमा २०७६ साल बैशाखको अक्षयतृतीय तिथिदेखि प्रत्यक सोमबार धार्मिक विधिपूर्वक आरती गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->