पोखरा,८ पुस – पोखरामा बसबाट लडेर एक जनाको ज्यान गएको छ। मंगलवार विहान १० बजे पोखरा महानगरपालिका १७ राम मन्दिर नजिकै ग १ क २४९९ नम्बरको बालोदय स्कुलको बसबाट ओर्लने क्रममा लडेर २६ वर्षीया सरिता पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा ज्यान गएको हो । पर्वत खौला लांकुरी घर स्थायी घर भई हाल पोखरा माहनगरपालिका -१७ बिरौटा बस्दै आएको प्रहरीको भनाई छ । बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।





