आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

२१ औं ल्होछार घलेल उत्सव शुरु

२१ औं ल्होछार घलेल उत्सव शुरु


  • Dhorpatan News
  • पुष १५ २०७६, मंगलबार

पोखरा,१५ पुस – तमु समुदायको महान चाड ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा आज (मंगलबार) देखी ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ शुरु भएको छ ।
घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सह–आयोजनामा ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ भन्ने नारा सहित ल्होछार उत्सव शुरु भएको हो ।
उक्त उत्सवको विधिवत शुभारम्भ घलेलकै धर्म गुरु कर्म लामा (गुरुङ) ले ग्रह शान्ति र वृहत पूजा पाठ मार्फत गरेको क्लबका अध्यक्ष राम गुरुङले बताए ।
सातौ पुस्ताको रुपमा रहेका गुप्तबास समेत बसिसकेका धर्मगुरु लामाले मानव तथा अन्य प्राणीहरुकोे शान्तिका लागि पुजा पाठ गरेको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार उक्त पुजापाठमा माछापुच्छ«े गाउँपालिकाका विभिन्न वडावासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । ‘विगतमा भन्दा यो वर्ष घलेलमा धेरै घरपरिवारले लुङ्ता राखेका छन्, गुरुङले भने, ‘आज पुजा पाठ मात्रै भयो भलिबल लगायतका खेलहरु भोलि देखी हुनेछन् ।’
उनले गुरुङ समुदायले नव वर्षको रुपमा पुषे १५ लाई मान्दै आएको बताउदै च्यु वर्गको आगमन भएको बताए ।
घलेल गाउँ स्थित बौद्ध सृजना युवा क्लबको खेल मैदानमा आगामी २० गते सम्म सञ्चालन हुने उक्त उत्सवको दोस्रो दिन (बुधबार) देखी पुरुष तर्फको भलिबल प्रतियोगिता शुरु गरिने उत्सव संयोजक आई बहादुर गुरुङले बताए जानकारी दिए ।
उनले उद्घाटन खेल निश्चल झरना क्लब लुम्रे र आयोजक रातो बिच प्रतिस्पर्धा हुने बताउदै उक्त खेल बिहान १० बजे सञ्चालन हुने बताए । उनका अनुसार पुरुष तर्फ कुल ३० टिमको सहभागिता रहेको छ ।
सो उत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै प्रौढ (भेट्रान्स) भलिबल (३२ वर्ष माथि), सटफुट छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला मेच घुमाई प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, सटफुट छेलो प्रतियोगिता (प्रौढ), तथा एकल नृत्य खुल्ला नृत्य लगायतका प्रतियोगिताहरु समाबेश गरिएको उनले जानकारी दिए ।
गुरुङका अनुसार पुरुष भलिबल तर्फको बिजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछ त्यस्तै उपबिजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद ४० हजार हात पार्नेछ भने सान्त्वना स्थान हासिल गर्ने टिमलाई मेडल, तथा प्रमाणपत्र सहित नगद २५ हजार रुपैयाँ प्रदान गरिनेछ भने दर्ता शुल्क नगद ५ हजार रुपैयाँ निर्धारण गरेको छ ।
त्यस्तै महिला तर्फ बिजेता हुने टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ र उपबिजेता हुने टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद १० हजार रुपैयाँ प्रदान गरिने उनले बताए । गुरुङका अनुसार दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको छ ।
त्यस्तै प्रौढ तर्फको बिजेता टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद १० हजार रुपैयाँ प्रदान गरिने बताए । उनका अनुसार उपबिजेता टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद ८ हजार प्रदान गरिने छ भने अन्य प्रतियोगिताहरुका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->