बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखाका सांसद दवाडीको सुविधाजति जनतालाई

गोरखाका सांसद दवाडीको सुविधाजति जनतालाई

“मतदाताको औँला मात्र होइन, उनीहरुको ज्यानलाई पनि माया गरौँ”


  • ढोरपाटन संबाददाता
  • पुष २४ २०७६, बिहिबार

पोखरा,२४ पुस – “हामीलाई चुनावको दिन उनीहरुको हातको औँला जति प्यारो लाग्छ, त्यति प्यारो उनीहरुको ज्या हो भन्ने हामीलाई हेक्का होस, मतदाताको ज्यान रहे पो हामीलाई भोट हाल्ने औँला रहन्छ ।” गोरखा २ ‘ख’ मा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य प्रकाशचन्द दवाडीले यसो भनिरहँदा अहिले पनि सांसदहरुलाई चुनाव जितेपछि नाकमुखै नदेखाउने आरोप मतदाताहरुले लगाउने गरेका छन् ।
तर, दवाडी भने यसका अपवाद रहे ।
०७४ माघ ७ गते गण्डकी प्रदेशसभामा सपथग्रहण लिएपछि उनले घोषणा गरेका थिए, ‘जनप्रतिनिधीको हिसाबले राज्यबाट पाउने सेवासुविधा मैले सबै जनताको नाममा खर्च गर्नेछु ।’
उनै दवाडीले आफूले घोषणा गरे बमोजिमको प्रतिबद्धता पुरा गरे पनि । सपथग्रहणका पछिल्ला दुई वर्षमा उनले आफूले एक वर्षमा पाएको सुविधा जनताको नाममा गरेको खर्चविवरण समेत पेश गरेका छन् ।
बुधबार पत्रकार सम्मलेन गर्दै उनले पछिल्लो एक वर्षमा आफूले पाएको सुविधा जनताको लागि खर्चिएको बताए । दवाडीले प्रदेशसभा सचिवालयले अहिलेसम्म उनको खातामा जम्मा गरिदिएको बैकिङ विवरण नै सार्वजनिक समेत गरे । पछिल्लो वर्ष उनको खातामा प्रदेशसभा सचिवालयले ६ लाख ८० हजार जम्मा गरिदिएको छ ।
सांसदको हैसियतमा उनले १ वर्षमा उनले पाएको रकम यति नै हो । तर, यही समयमा उनले ९ लाख ४५ हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्चिएका छन् ।
प्रदेशसभा सदस्यको हैसियतमा प्राप्त रकममा व्यक्तिगत २ लाख ६० हजार रुपैयाँ थपेर आमा समूह, क्लव, विद्यालय, बिरामी, गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहयोग, सामाजिक संघसंस्था, विद्यालयको भवन निर्माण लगायतका क्षेत्रमा सहयोग गरेको उनले जनाए ।
बैंकिङ विवरणदेखि लिएर हालसम्म सामाजिक क्षेत्रमा गरेको खर्च विवरण पनि उनले सार्वजनिक गरे ।
“कोही उपचार गर्न नपाएर तड्पिएका हुन्छन्, रकमकै अभावले उनीहरुको ज्यान नजाओस । कोही पैसाकै अभावमा शिक्षा रोक्न बाध्य हुन्छन्, मेरो सहयोग उनीहरुलाई हुन्छ ।” दवाडीले भने ।
उनले गरिब र पीडित जनताले नाना, छाना र खाना नपाउँदासम्म जनप्रतिनिधीको सबै सुविधा उनीहरुमाथि लगानी गर्नसमेत आग्रह गरे ।
दवाडी भन्छन्, “अन्य राजनीति गर्ने सहयात्रीहरुलाई पनि सन्देश दिन मैले यो घोषणा गरेको हुँ । म जनप्रतिनिधी बनेकै जनताको सेवाको लागि हो । जनताले चुनेर पठाएपछि मैले पाउने सेवासुविधा उनीहरुको लागि नै खर्च गर्ने निर्णय गरेको हुँ ।”
जनताप्रति गरेका प्रतिबद्धता पालना गरिछाड्ने उनको दाबी छ ।
“मलाई सम्पत्ति धेरै भएर होईन, जनताले दिएको माया र साथलाई समर्थन गर्न चाहन्छु” दवाडी भन्छन, “जनता मेरो पहिलो प्राथमिकता हुन, मेरो कार्यकाल सबै जनताको भलाईमा नै बिताउनेछु ।”
१८ वर्ष जापानमा व्यवसाय गरेका दवाडी १० वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् । हरेक वर्ष आम्दानीको १० प्रतिशत रकम सामाजिक क्षेत्रमा वितरण गर्ने गरेको उनले बताए ।
यस्तै, उनले सरकारी रवैयाको विरोध समेत गरे । आफू संघीयताको पूर्ण कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको तर संघ सरकारले नै संघीयताको मर्म नबुझेका कारण जनताले अनाहकको सास्ती भोग्नुपरेको उनले आरोप लगाए ।
“संघीयतालाई विलासिता र कार्यकर्ता भर्ति केन्द्रको नयाँ मोडलको रुपमा मात्रै स्थापित गराउन खोज्यो, विभिन्न नाममका केन्द्रिय सर्वसत्तावाद अझै शासकहरुको मष्तिष्कबाट निस्किन सकेको छैन, मेरो विरोध यहाँनिर छ ।” उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->