बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीको निस्कोटमा रहेको एनसेलको टावरमा आगजनी

म्याग्दीको निस्कोटमा रहेको एनसेलको टावरमा आगजनी


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०७६, शनिबार

म्याग्दी, २६ पुस – जिल्लाको को मालिका गाउपालिका–१ निस्कोट स्थित निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमा गएराती आगजनी भएको छ । शुक्रबार राती १२ः४५ बजेको समयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताए । अज्ञात समूहले गरेको आगजनिबाट टावरका उपकरणहरुमा क्षति पुगेको छ । जेनेरेटर, ब्याट्री र अन्य उपकरणमा क्षति पुगेको हो ।
स्थानीयबासीले रातीनै टावरमा आगजनी भएको जानकारी प्रहरीलाई गराएका थिए । इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा ७ जनाको टोली घटनास्थलमा गएको छ । विगतका घटनाका आधारमा प्रतिबन्धित नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेको प्रहरीले शंका गरेका छन् । आगजनीपछि निस्कोट, रुम, बिम, दरवाङ, ओखरबोट, देविस्थानमा एनसेलको सञ्चार सेवा अवरुद्ध भएको छ ।
यसअघि गत साउन १६ गते बेनी नगरपालिका-२ खबराको बञ्चरेडिलमा रहेको एनसेलको टावरमा आगजनी भएको थियो । २०७५ फागुनमा खबरा, टोड्के, बरंजा र निस्कोट स्थित एनसेलको टावरमा आगजनी भएको थियो । प्रहरी अनुसन्धानले ती घटनामा विप्लप समूहका कार्यकर्ताको संलग्नता देखाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->