आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

चिडियाखाना संचालन गर्न पोखरा महोत्सव महोत्सव

चिडियाखाना संचालन गर्न पोखरा महोत्सव महोत्सव


  • Dhorpatan News
  • पुष २६ २०७६, शनिबार
फाईल फोटो

पोखरा,२६ पुस – युनाइटेड क्लब पोखराको आयोजनामा १० औँ संस्करणको पोखरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरामा चिडियाखाना संचालनार्थ महोत्सव गर्न लागिएको हो । पोखरा महानगरपालिका वडा नं. ३०,३१ र ३२ मा रहेको पचभैयामा निमार्ण भइराखेको चिडियाखाना संचालनको लागि क्लबले हरेक वर्ष महोत्सव गर्दै बचत भएको रकम चिडियाखाना निमार्णमा खर्च गर्ने गरेको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २९ देखि माघको १२ गतेसम्म अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

पोखरा पचभैया, चापापानी, चिसाकुना र चैनपुर समुदायिक वनको १ सय ३४ हेक्टर भूभाग ओगटेको चिडियाखानामा हाल वन्यजन्तु उद्धार केन्द्र भवन, मृगस्थली, बाघ,भालु,बाँदर लगायत वन्यजन्तु राख्ने खोर निमार्ण भइसकेको छ । पोखरा घुम्न आउने पर्यटकको लागि नयाँ आकर्षण केन्द्रको रुपमा समेत निमार्ण गर्न लागिएको हो । चिडियाखाना निमार्णको लागी गण्डकी प्रदेश सरकारबाट गत आर्थिक वर्ष ७३ लाख २४ हजार ४ सय ७७ रकम विनियोजित भएकोमा जनसहभागिता कटाई निमार्ण कार्य अनुसारको ५८ लाख ५९ हजार ८ सय २६ रकमको भुक्तानी भएको युनाइटेड क्लबबाट ५५ लाख, साविकको लेखनाथ नगरपालिकाबाट १० लाख, पोखरा महानगरपालिकाबाट १२ लाख ८८ हजार र साविक जिल्ला बन कार्यालय,कास्कीबाट २४ लाख गरि १ करोड ५१ लाख ४७ हजार ८ सय २६ रुपैया खर्च भइसकेको समेत अध्यक्ष गुरुङले बताए ।
पोखरामा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव प्रचार प्रसार संयोजक शान्तबहादुर थापाले मेलाको लक्ष्य नै पोखरामा चिडियाखाना निमार्ण गर्नु रहेको बताए । पोखराको अमरसिंह चौरमा पुस २९ देखि १२ गते सम्म संचालन हुने महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु, नेपालका चर्चित व्याण्ड, लोक नृत्य,विद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, बाल उद्यान लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् भने विभिन्न जातजाति, भेषभुषा, उत्पादन लगायतका गतिविधि समेत हुने छन् । महोत्सवमा करिव २ लाख ५० हजार दर्शकको सहभागीता रहने आयोजकले अनुमान गरेको छ । महोत्सवबाट करिव एक करोड ४० लाख आम्दानी र ३९ लाख ५० हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->