पोखरा,२९ पुस – नेपाल रेडक्रस सोसाइटी पोखरा–९ उपशाखाको २७ औँ साधारणसभा सोमबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले जेनेभा महासन्धीको आधारमा द्वन्द्व र विपद्को लागि सरकारको सहयोगी निकायका रूपमा स्थापित नेपाल रेडक्रसका उपशाखाहरू वडा कार्यालयसँग निकट रही सेवा केन्द्रका रूपमा काम गर्नुपर्ने बताए । उनले सबैखाले मानवीय विपद्का समयमा काम गर्न रेडक्रसका सदस्यले आफूलाई अगाडि सार्नु पर्ने वताए । अन्तर्रा्ष्ट्रिय रेडक्रस महासंघले अबका दिनमा रेडक्रसले महिला सहभागिता बढाउनु पर्ने, यूवा सहभागितालाई नेतृत्वको पहुँचमा राख्नुपर्ने र मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्नेमा उनले जोड दिएका थिए । कार्यक्रममा उपशाखा पोखरा–९ का निवर्तमान सभापति एवं जिल्ला सदस्य दिपेन्द्र मर्सानी, पोखरा–९ का वडा सदस्यहरू नन्दराम गिरी र राममाया मानन्धर पूर्व जिल्ला सदस्य उमा ठकुरी, पूर्व जिल्ला सदस्य एवं वरिष्ठ पत्रकार केशवराज भण्डारी, उद्योग वाणिज्य संघ पोखराका सदस्य एवं उपशाखा सदस्य मुना वास्तोला, जिल्ला सामुदायिक विकास समिति सदस्य एवं उपशाखा सदस्य दमोदर शर्मा, भावना श्रेष्ठले मन्तब्य राखेका थिए। उपशाखा सभापति राजेन्द्र पहारीको सभापतित्वमा भएको कार्यक्रममा सात सिद्धान्त वाचन डेडकुमारी के.सी. जलारीले, स्वागत मन्तव्य उप–सभापति प्रकाश शर्माले, उपशाखाको प्रतिवेदन सचिव सागर पौडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष उत्तम जोशीले प्रस्तुत गरेका थिए । साधारण सभाले आगामी वर्षको प्रस्तावित कार्यक्रम र बजेट पनि पारित गरेको छ ।





