आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

विद्यार्थी खाजा कोष र घाइतेलाई मेगाको सहयोग

विद्यार्थी खाजा कोष र घाइतेलाई मेगाको सहयोग


  • ढोरपाटन संबाददाता
  • माघ ३ २०७६, शुक्रबार

पोखरा, ३ माघ –  मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्यूरोडले संस्थाको नवौं स्थापना दिवसका सन्दर्भमा सामाजिक उत्तरदायित्व अन्तर्गत् विद्यार्थी र घाइते कर्मचारीलाई सहयोग हस्तान्तरण गरेको छ ।
नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयको विद्यार्थी खाजा कोषमा सहकारीका शिक्षा उपसमिति संयोजक हेमन्त अधिकारीले विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेललाई नगद ११ हजार १ सय ११ हस्तान्तरण गरे ।
संस्थाका अध्यक्ष धु्रवराज चालिसेले सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग लक्षित विद्यार्थी वर्गसम्म पुग्दा भविष्यका कर्णधारलाई सकारात्मक सन्देश जाने हुनाले यसलाई हरेक वर्ष निरन्तरता दिने जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र मर्सानीले सरकारी विद्यालयका विद्यार्थीलाई खाजा खुवाउने अभियान अन्तर्गत खाजा कोष स्थापना गरेको जानकारी दिए । शिशुदेखि ५ कक्षासम्मका विद्यार्थीलाई विद्यालयमै खाजा उपलब्ध गराउँदा विद्यार्थी संख्या बढेका छन् । मर्सानीले भने पठनपाठनमा ध्यानाकर्षण भएको हुँदा विद्यार्थी खाजा कोष रकम २० लाखसम्म पु¥याउने लक्ष्यमा छौं ।
पूर्व विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु पराजुलीले विभिन्न उत्सवहरूमा हुने खर्चको केही प्रतिशत मात्रै भए पनि सरकारी विद्यालयका विद्यार्थीलाई खाजा खुवाउन सहयोग गर्ने दाताहरुलाई आभार व्यक्त गर्दै यो अभियानलाई जनस्तरसम्म पु¥याउन लागि पर्ने जनाए ।
संस्था स्थापना दिवसमा अध्यक्ष धु्रवराज चालिसे, सचिव केशव काफ्ले, व्यवस्थापक विष्णुप्रसाद तिवारी, मीन कार्की, लेखा समिति सदस्य सुजन प्रधानले घाइते कर्मचारी सङ्गीता कुँबर र सावित्री खनाललाई जनही पचास पचास हजार हस्तान्तरण गरे । सहकारीको लेखनाथ सेवा केन्द्रका कर्मचारी कामको सिलसिलामा सवारी दूर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइते कर्मचारीको निवासमै पुगी उपचारका लागि राहत स्वरुप नगद रकम हस्तारण गरेको सचिव केशव काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->