१
विहानीको पारिलो घाममा हिजोको हुरी बतासले झारेका सालका पातहरुलाई दुना टपरीको आकार दिंदै आमा एक सुरमा हुनुहुन्थ्यो ।
आफनो फाइललाई थन्क्याउँदै भने ..“आमा…चिया त सेलाई सक्यो नि त । किन के भयो आमा । अण्डा उसिन्छु है ?” कुनै प्रत्युत्तर पाइन् । आमाले सुन्दै नसुन्नु भएको झैं गर्नुभयो ।
एकटक लगाएर नियालें…“आमा”
केही क्षण पछि बोल्नु भयो । “ ठीक्कै छ नानु”
यति भनुन्जेल उहाँंको मुखाकृतिमा फरक भावनात्मक आभास पाइसकेको थिएँ । मनमा जिज्ञासाका भावहरु अनायासै बल्झदै छरपस्ट भए । नजिकैको चिसिएको चियाको गिलास अलिक पर सारें । अनि आमाको पाखु्रीमा समाउदैं भने.“..आमा…के भयो ? भन्नुस्…तपाइं आप्mनैे मुहारसँंगैे कुनै अदृश्य व्यथाहरुवाट गुज्र्रनु भएको छ, यही बताउँछ तपाईको मुहारले ।” दुनामा तप्केका आँंसुको थोपा अनि परेलीभरि आँसुको चिस्यानले मलाई पनि दुःख पु¥याएको छ ।
आमाले मेरो काँंधमा आफनो भार बिसाउँदै भन्नु भयो । …“कुमु…केही भा छैन छोरी । अतीतको याद आयो र अहिलेको समयले अनायास कताकता हतासको सूक्ष्मपनाले घोच्न थाल्छ । सम्झिन्छु …कतै अभागी छु र कि…?”
“हतासिनु कुनै अवस्था देख्दिन आमा । अनि आँँंसुलाई वेमूल्य किन गराउनु हुन्छ ? तपाईको आंसुको मूूल्यसंग म प्रतिस्पर्धा गर्न सक्दिन । तपाईको आंँसुले मलाई पनि गलाउँंछ । अहिले म त ठीक छु र आप्mनै कार्यमा व्यस्त छु ।”
‘‘हेर्नुस् आमा… मान्छेको दुई किसिमले आंँसु झर्छ । हर्ष र विष्मातको । खुसीको आंसुमा बेग्लै प्रकारको आनन्द आउँछ । तनलाई पनि स्वस्थताको काम गर्छ । खुसीको आंसुमा प्रेम हुन्छ, आत्मीयता हुन्छ । आप्mनोपन हुन्छ । स्फूर्ति आंउँछ । त्यसैले यसरी आंसु दिन सक्नु पनि राम्रो हुन्छ । दुःखको आंसुले जीवन वर्वाद गराउंछ । यसले त चिताको आगोभन्दा बढी जलन गराउंँछ । पारिवारिक वातावरणमेै खलल पु¥याउँछ । त्यसमाथि अझ घ्यू थप्ने काम तृष्णाले गर्छ । आमा…तृष्णाको लहैलहैमा शंकै नगरेका पीडाहरु अनायासै बल्झाउने पनि गर्छ । तृष्णाको उत्पादन मनले गर्छ । मनैले हसांँउछ, मनैले रुवाउँंछ । अगतिलो छ । किन चिन्ता लिनु हुन्छ ? चिन्ता अन्त्य कहिल्यैे हँुदैन ? सबैलाई गलाएको छ त्यसले ।
आमा बोल्नु भयो “तिमी मभन्दा सिपालु छ्यौ, समय र शिक्षाको प्रभावले । तर पनि तिमीलाई सानै देख्छु । तिम्रो बाबा भएको भए …आमाको हैसियतले चाहने सांसारिक रीत ऐले तिम्रो काखमा अमूल्य सिर्जनाको आनन्द खेलिरहेको यो बुढ्यौली क्षणले अनुभूति लिन्थ्यो । यो अभागी कर्म … विष्मय भावले मेरो कपाल सुम्सुम्याइरहनु भयो ।
भावनासँग धेरै खेलबाड पनि गर्नु हुन्न आमा… म भन्दै रहें … भावना कस्को हँुदैन र ? असीमित चाहना हुन्छन् मान्छेको । यसको तृप्ति कहिलै सकिँदैन । त्यसैले त्यस्तो भावनावाट विचलित हँुंदा अनेकन कुराहरु मनमा खेल्ने गर्छ जसको समाधान पर पर हुन्छ । कोहीलाई पुगेर नै असन्तोष कोहीलार्ई नपुगेरै असन्तोष यही असामन्जस्यताले मानसिक सन्तुलनको धरातल नै खलबल हुन्छ । त्यसैले मनलाई बाँधेर राख्नु पर्छ भन्छन् । चाहना आफू हेरी हुनुपर्छ । मान्छे .. ध्यानी, ज्ञानी हुनुपर्छ जसले अतृप्त चाहनाको चासो नै राख्दैनन् भन्छन् योग गुरुहरुले । आजकल त धेरै ठाँउमा योग कक्षाहरु चलाएका छन्, मान्छेहरुको भीड हुन्छ । यसले मनलाई एकत्रित गराउँछ रे । के गर्ने समय मिलाउन सकेकी छैन् तपाईलाई पनि लैजाउँ भनेको… “अनि रह्यो तपाईको इच्छा…त्यस विषयमा एैले कुनै विचार लिएकीे छैन । मेरो एउटा लक्ष्य छ आमा… मेरो पढाइको सिलसिलामा देखेका डरलाग्दा र सम्झदै पिरोलिने खालका अवस्थाले मलाई झक्झकाउँंछ तै त्यंहाँ त्यै पिरोलिएको अवस्थाको पीडा सहिरहेका छन्् । कस्तो छ संसार ? ‘पीडाले उत्पीडित थिएँ म आमा त्यतिखेर…। म रोएर के गरु…। म चिच्याएर के गरु….! मौन रहें मौन । नतमस्तक टुलुटुलु हेरी बसें बैंसरी दिदीलाई । उहाँको अनुहारमा पलपलका क्षणहरु मरिरहेका हुन्थे, पलपल जन्मिरहेका हुन्थे…” ।
बैंसरी दिदी भन्दै थिई… छेउमा खेलिरहेकी नानीलाई देखाउँदै “यसका वा कामको खोजीमा भारत गा हुन् …उतै गए…आत्तोपात्तो छैन…औला गन्दै चार वर्ष भैगा । खै खबर छैन । हामी गरिब मान्छे केटाकेटी पाल्नै धौ भा’छ । तिन नानी पछि सहारा मेरो छैना । लामो समय देखि बिमार छु…मर्छ …की । म मरे त यी नानी कता जालान् खै …दुःखै खालान नि त …”. लामो सास तानिन् ।
“आमा यो त प्रतिनिधि पात्र मात्रै हुन । कति छन् कति ..धेरै छन् यस्ता पीडा बोकेका । भन्दै गर्दा मन थाम्नै सकिन…. अङ्ंगालो मारें आमालाई ….“आमा… बाबा नभएको पीडा म पनि बोक्दैछु । बाबाको एउटा अस्पष्ट आकृतिलाई सधैं पछ्याउँछ मनले । मेरो कलिलो मस्तिष्कमा बाबाको खुसीको हाँसोले मलाई ममताको आभाको संङ्केत गरेको आभास एैले पनि हुन्छ । म पनि बाबाको सहारालाई अविस्मरणीय पाटो सम्झिन गए’’ त्यति खेर । जुन जीवनमा संधैेको लागि विलुप्त भैैसकेको थियो । … त्यसरी बैंसरी दिदीलाई सान्त्वनाको उधारो आश्वासन दिएर हिडेकी थिएंँ । बाँच्नुको अनुभूति गुमाएका निरीह जीवन जस्तो लाग्यो ।
२
कति कति घटनाहरु यैं आँंखाले देखें… यै कानले सुने …, प्रशिक्षण र अध्ययनका लमा ऐया, आत्था र वार्डमा कोलाहल । मरणासन्न चिच्याइ नदेखेको होइन्…। कोही मुस्कानसहित धन्यवाद दिएका क्षण पनि छन् । हाम्रो काम नै सेवा थियो । अशक्तहरुलाई धैर्यता बाँडनु, पीडालाई सहजता दिन र अहोरात्र यस्तैमा खटिआएको पलहरु आलै छ मनमा । आमा…. उही बेलादेखि देशको दुर–दराजका मानव बस्तीमा केही सेवा गरुं र प्रारम्भिक अवस्थामै तिनीहरुलाई सचेत गराउन सक्यांै भने यो विकराल अवस्था नै आउन दिन छेक्न सकिन्छ नि भन्ने भावना कताकता पलाएर आयो… त्यसैको जोहोमा लाग्ने विचार लिएको छु आमा …।
बिहानै मुना दिदीले फोन गर्नु भा’को थियो । पुगेर आउँछु भन्दै छिटोछिटो चिया पिएर लागि हाले । सुत्केरी हुनु भा’छ भन्ने सुनेकी थिए… हतार–हतार बाटो लागिरहें । झ्यालवाट हेिररहनु भएको रहेछ । काकाकाकी … के गर्दै हुनुहुन्छ भन्दै मचानतिर लागें । अनि मुना दिदी भन्दै .कोठामा लागें । मधुरो प्रकाशको उज्यालोमा सुत्केराको अवस्थामा रहनु भएको रहेछ । ढोकाकै छेउमा बस्दै भलाकुसारी भयो ।
कस्तो छ दिदी तपाईलाई ? छेवैैको कपडा पन्छाउँदै .ठीकै छ बैनी मलिन हांसों हाँंसिन् ।
अनि बाबु कि नानी …
अं नानी हो …उहाँको स्पष्टतामा कताकता लघुताभासको आँकलन गरें ।
दिदी… एउटी लक्ष्मीको आँगमन भएको छ ..त खुसी लाग्नु पर्ने … किन ….र … तपाईमा लघुतावोध भै रहेको छ । उहाँंले नबुझेझै गर्नुभयो । भने…तपाई आफैले हीनताबोध गरिरहनु भएको छ …मैले फरक बोंले कि ? रुघ्न मन लिएर भनिन्….बाबु भएन भनेर १० दिन भयो फर्केर बोल्नु भएको छैन । यसमा मेरो के दोष थियो र बैनी…नभन्दै परेलीका दिलहरु भरिभराउ हुंँदै केही आँसुका थोपाहरु खसिहाले ।
म एउटा स्वास्थ्यकर्मीको नाताले सम्झे … मान्छेमा चेतनाको कमी भयोभने एउटा पाशविक सोंचाईको प्रादुर्भाव हुन्छ । आफू पुरुषत्व अथवा भाले हँुं र मबाट नै यो सब हुन्छ भन्ने हेक्का नरहनु कस्तो विमति भएको लोग्नेमान्छे …। अस्पतालमा रातीे नानी बच्चेै छाडेर भागेका असत्ती आमाहरु पनि हुन्छन् …मनमनै भगवानलाई… सोधे तिम्रो दृष्टिमा यी कस्तो दर्जामा पर्छन् होला । के यिनीहरु सन्तति सुख प्राप्तिको योगमा पर्छन् …? भगवान.।
ढाडस दिदै भने … मुना दिदी हरेस नखानुस् ….केही दिनपछि मुसार्र्दै तपाई प्यारो हुन्छ नै । मसान नाटक पढनु भएको छ ? मसान नाटकमा एउटा पात्रले भन्थिन नि “दिदी यो लोग्ने मान्छेको जातलाई मासुको डल्लो भए पुग्छ …” सम्झना आंउँछ ? । आफ्नै आक्रोशलाई मत्थर पार्दै भने दिदी …बाबु र नानी भन्ने त पुरुष वर्गवाट हुने हो स्त्रीले श्रीमानबाट दिएको वीर्य दानलाई स्वीकार गर्ने हो । देशको पितृ सतात्मक परिवेशमा छोरोलाई प्राथमिकतामा पार्छन् । मर्नु कहाँ हो कहाँ, दागवत्तीको कर्ताको खोजी एैले नै । के छोरीले दागवत्ती दिँदैमा आकाश खस्छ ? मुना दिदी धैर्यतावश सहनु ठूलो कुरो हो ।
मजाकमा भनिदिएं … अलिक समय मात्र हो … यस्ता समस्या आफै सुल्झन्छन् मात्र तपाई बलियो बन्नुस् । आफनो हातमाथि पारिहालिन्छन् नि खुकुरी र खुकरीको दापको कुरा सुन्नु भा’छ … हाँस्दै भने ।
दिदीले भन्नुभयो …“बैनी आउँदै गर्नु होला । अपरेशनले गर्दा होला घाउ चस्कन्छ । उनी संकोच मान्दैथी .. दिदी…यो पहिलो पटक भएर पनि हो । म निस्किहांले ।
विरक्त मन लिदैं पसल गरी फर्के । बाटोभरि यिनै कुराहरुले धावा बोलिरह्यो । टाढैवाट आमालाई देखें छिटोछिटो पाइला गरी आगन नपुग्दै आमाको कथन शुरु भै हाल्यो…छोरी किन.. यत्तिका वेर नि…। टेबुलमा चिया चिसो भैसकेको रहेछ …. मलाई हो आमा यो चिया … मन तातो त रहेछ । तताईदिउँं ..त मैले भो भन्ने संकेत गर्दै …दिदीसँंगको कुरा सुनाए ।
आमा .. मुना दिदीले बिहानै फोनबाट बोलाउनु भएको थियो । हेर्नुस न आमा मान्छेले कुरो चपाएर बोल्नु , व्यवहार गर्नु भनेको टर्रो मात्र होइन अचाक्ली तीतो हो जुन सकी नसकी पिउनु जस्तै हो । मुना दिदीबाट बाध्यताले खेपेको हारलाई सम्झदा … लाग्छ… म पनि एउटी नारी हँुं … उनको पीडालाई बराबर बाँंडेर लिई उनलाई केही हलुको वनाउने कोसिस गर्ने प्रयत्न गरें केही समय । यस्तो पनि हुन्छ ? । मलाई जन्म दिंदा छोरीको हेराईबाट तपाइमाथि पनि यस्तै व्यवहार त भएनन् । छोरा वा छोरी भन्ने पुरुषत्वमा नै हुन्छ । कहाँं छोरा जन्माउँछु भनेर ठोकुवा दिन गाह्रेै पर्छ । यो भगवानले पनि दिने होइन । पुरुषसंग दुई प्रकारको शुक्रकीट हुन्छ । एउटा दुवैसंग मिल्छ एउटा फरक हुन्छ । मिल्ने शुक्रकीट मिल्यो भने छोरो हुन्छ फरक भए छोरी भनेर वैज्ञानिकले पत्ता लगाएको कुरो हो । महिला त एउटा कारक हो जसले एउटा मान्छेलाई नौ महिनासम्म गर्भ धारण गरी जन्म दिन्छे । पुरुषले गर्भधारण गर्न सक्दैन । वाहियात मान्छे, कुरो बुभ्mनु छैन् । आफनो मात्र कुरा अर्काको भने माकुरा । पहिलो सुत्केरीमै यस्तो व्यवहार । दोश्रो पटक पनि यस्तै भयो भने आमा … दिदी त मर्छेे ।
कहिलेकाहीँ सोच्ने गर्छु … थाहा नपाउनु त्यसै त अञ्जान भइयो, थाहा पाएर त्यसको खोजीनीतिबाट झनै गाह्र्«े । यहाँ त्यहाँं यसो उसो आदि इत्यादि । आफू नहिंड्ने बाटोकोबारेमा सोध्दै नसोध भन्छन् … नहुँदो रहेछ । समाजमा रहेर जिउन जाने सजिलो नजाने गाह्रो सबैलाई हो । एकल जीवन ंएकान्त स्थान …जीवन विकास नै हुन सक्दैन । मलाई लाग्छ समाजमा रहेर समाज परिसरमा मेहनत र पसिनाबाट धेरथोर जे होस प्राप्त उपलव्धि नै सन्तोषको बाटो हो । आकाङ्क्षा, तृष्णाले असन्तोषको खहरे ल्याउँछ , जहांँ जीवनमा संधै असींमित हतास दुःखित क्षणहरु अवतरण गरिरहन्छन् । एउटा दरिलो भिजन ।
३
हुनुपर्छ । फूल पनि त काँंडाबीच फुल्दछ । एकातिर सौन्दर्य विभूषित अर्कोतिर खतराको अवशेष … कस्तो विरोधाभास छ जीवन । दुःख सुख पनि जीवनको विरोधाभासका आयामहरुमा विचरण गरिरहेछ । विरोधाभासमा बाच्ने स्वभाव मान्छेमा रहन्छ र छ पनि ।
आज मिन्स भएको चौथौं दिन चिसो कपाल सुकाउँदै थिएँ घाममा । बसन्ती काकी परैदेखिन संकेत गर्र्दै आउनु भयो । जुम्ल्याहा हात जोडदै नमस्कार भने … काकीले गम्ल्याङ्ग आफनो अंगालोमा बाध्नु भयो । काकी आज चौथोैं दिन …भन्न नपाउदै काकीले भन्नुभयो– धत् छोरी … समयको गतिसँंग चल्नु पर्ने भै सकेको बेला पुरातन संस्कारलाई च्याप्दै रहने हो भने जीवन धेरै पर जान्छ छोरी … कति कति संस्कारहरु विस्तारै हराईसकेको अवस्था छ । तिमी हामी मात्र हो…. विदेशमा त मान्छेले यस्तरी संस्कारलाई च्यापेर बस्ने समय नै निकाल्न सक्दैन । फेरि यो पाखा सर्ने कार्य त्यो बेलाकाले कस्तो पद्धति बसाले, किन यस्तो गरे , किन गर्नुप¥यो, यसले मानव शरीरमा पर्ने सकारात्मक, नकारात्मक अवस्थाहरुमा किन प्रष्ट बुझाएनन् होला आदि आदि । यो त महिलाको जीवनचर्यामा प्रकृतिवाटै भै आएको प्रक्रिया हो । महिला भएकोले महिलाले अपनाउनु पर्ने प्रजननको संघारको अवस्था हो । तिमी यति शिक्षित त्यसैमा स्वास्थ्यको विषयमा रही यसवारे प्रष्ट बुझिसकेको … द्यभ लभबत बलम अभिबल तजबत‘क बिि चष्नजत …विकसित मुलुकमा यसरी बस्न समयले दिदैन कुमु … आमा खै नि भन्दै घरभित्र जानु भयो ।
ठीक्कैे लाग्योे बसन्ती काकीको भनाई … अतीतका केही क्षणहरुलाई सम्झें । यही संस्कारलाई पूरापूर समातिरहने हो भने हामी अध्ययनताका कहिलै मिन्स भएनोै भन्दा हुन्छ किनभने त्यो वेला न रात न दिन ड्युटी दिनै पथ्र्यो, क्यान्टिन एउटैे बसाई एउटै थलो ….। सब भएकै थियो । यी कटृर भएर वार्ने र नवार्नेमा के अन्तर छ र । संस्कारको झिनो रेखाले दो¥यायो पश्चिम नेपालका गांउँहरुमा छाउपडी प्रथा जहाँ मैले अध्ययन गरेताका बुझने, देख्ने गरेकीे थिएँ ं। विकराल समस्याले जकडिएको बस्ती । देशको राजधानीभन्दा धेरै पर उज्यालो र चेतनाको दुरदराजको अचेतन बस्ती । स्वास्थ्यसँंग जर्बजस्ती बलात्कृत भएको अवस्था । ती महिलाहरु जो अशिक्षित छन् र अविकसित माहौल … खै कसले दिन्छन् तिनीहरुलाई अर्र्ती । दुर्गम भेक कन्दरा बस्ती ….नानीबाबुहरुको पोषणताको कमी …। सम्बन्धित निकाय र सरकारको शूुन्यता । कस्तो अचम्म ! कस्तो अचम्म थाहा नै भएन (म पछ्यौरी च्यात्दै रहेछु …. भावावेशमै ) मैले सम्झे छाउपडीको अस्वस्थ कोठी, प्रशस्त हावाविहीन, शिर ढाक्ने ओतको कोठा, मलाई बाटो डोहोयाउने बहिनीले देखाउँदैथी संयमताको कमीबाट कलकलाउँदी युवतीको गर्भको नानीको जन्म हुन नसक्दा अथाह पीडावाट झुन्डिएर मरेको रुख ….आदि । असरल्ल परिरहे निकै…वेर ।
निकैवेर लगायौ नि … चियाको चुस्कीसँंगै काकीले भन्नुभयो । कुमु …कुरोले कुरो आउने त हो नि । मेरो गम्भीरतालाई तिमीले बुझने कोशिश गर्न सक्छौ । तिम्रो संघर्षको जीवनलाई मैले अनुपम ठानेकी छु । एउटी महिला संस्कारबाट चलिआएको गृहस्थी जीवनदेखि फरक ढाँंचामा रहनु सानो कुरो होइन । हुन त मनै त हो । तै मैले तिमीलाई नियाल्दै गर्दा के तिमी तिम्रो यो अभियानलाई पूर्णता र निरन्तरता दिन सक्छौ ? तिम्रो क्षमतालाई कुन आधारमा लान खोजेकी छौ ? । एउटा दरिलो आधार त पक्कै चाहियो नि त । हाम्रो जस्तो समाज अक्सर नकारात्मक साेंंचाइको छायामा तिम्रो सकारात्मक सोंंचाइलाई कतिसम्म हिंडाल्न सक्छौं । आमाको यो अवस्था … तिम्रो व्यस्ततामा आमाको एक्लोपन …उहाँको एक्लोपनमा अनायास उव्जने नानाथरीका साेंचको अवधारणालाई कसरी मेन्टेन गरेकी छौ ? हेर मैले आमाको बारेमा भलीभांती बुझेकी छु । अलिक दिन उहाँंलाई भेट्न नपाए कताकता हराएको अनुभूति हुन्छ । हामीमाथि उहांँ र बाबाको ठूलो देन छ । हामी बिर्सनै सक्दैनौ । त्यो गुण हामीले तिर्र्नैे पर्छ । अंकल यही भन्नुहुन्छ । … सन्नटा छाई रह्यो । काकीको यो यक्ष प्रश्नको उत्तर दिन सामथ्र्य राख्दाराख्दै पनि र्मौनताले छोप्यो केही समय । त्यही समयले पाटो माेिड दियो । आमाको सुस्ताइमै अंँगालोमा सक्दो बांधिरहें … आमा म छु नि… समाज, परिवार, छिमेक सबैको सामु तरवारको म्यानसंग हिड्ने प्रयत्न गरेकी छु । तपाईले बाबाको समाजप्रतिको अवधारणा र समाजले वावा संगको अपेक्षा राखेको वारेमा म धेरै आकर्षित भएकी छु । बालापनदेखि तपाईले मप्रति राख्नु भएको स्नेहले तपाईवाट टाढा रहने धृष्टता म राख्न सक्दिन । काकी सुन्नुहोस् …
न दिन भन्यो न रात भन्यो लालन पालनमा
नादान हुन् यी हे मेरा प्रभु तिम्रै छ चरणमा
क्षमादान मागी राखेर उर्नै ईश्वरको पाउमा
पाउमा छोई मागेको आशिष आलै छ मनमा …
आमा यत्रो विघ्न चिन्तन छ तपाईमा भने के म तपाईको लागि केही नगरुं ? सबै बाबुआमाको सपना हुन्छ । भविष्यमा आफ्ना सन्तानले समाजमा केही गरोस् । यही गर्दैछु आमा … मलाई हौसला दिइरहनुस् मात्र ।
भन्छन् योगा गुरुहरु मान्छेको मन साह्रो चञ्चल हुन्छ । त्यही चञ्चलता बाँध्नलाई ध्यानको आवश्यकता हुन्छ । एक मिनेट पनि सहजसंग स्थिर राख्न नसकिने हुन्छ मन । बिना साधना प्रयत्न गर्दागर्दै पनि म सक्षम हुन सक्या छैन । कहिलेकांही सोच्छु म महिला, मैलै आप्mनो एउटा छुटृै संसार बसाल्नु पर्ने । उमेरले पनि सहयोगीको भूमिका दिएकै हो । उमेरसंगै शिक्षाको जोहो पनि समय परिवेशभित्रै नर्सिङ शिक्षा सिध्याईसकेकै हो । के को अलमल के को अलमल । नसोचुंँ भने नि सकिदैन । आमाको ढल्किसकेको उमेर … उहाँंको आकाङ्ंक्षाहरुले किन मसँग समेटिन सक्दैनन् ? उहाँका इच्छा म गृहस्थी जीवनमा परिणत होऊँं । अध्ययनको समय, आर्थिकको चाँजोपाँजो, पढाइ अन्त्यपछि आफ्नै खुटृामा उभिएको हेर्न लालयित ।
(बाँकी आगामी शनिबारको अंकमा)




