पोखरा, ४ माघ – पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पोखरा महानगरपालिका १५ स्थित परोपकार गुरुकुल आश्रममा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै बाडेन बाडेनको सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको हो ।
आश्रम परिसरमा आयोजित शिविरमा आश्रममा रहेका बटुकहरु सगै गुप्तेश्वर, केदारेश्वर, सस्कृत मा बि रहेका बटुक र परोपकार जेष्ठ नागरिकका गरि दुई सय जनाको निशुल्क आँखा परिक्षण गरिएको क्लबकी उपाध्यक्ष एंव नि शुल्क आँखा शिविर कार्यक्रमकी संयोजक धनेश्वरी पराजुलीले जानकारी दिईन ।
कार्यक्रममा क्लबकी अध्यक्ष हरिमाया शर्मा, उपाध्यक्ष धनेस्वरी पराजुली र सदस्यहरु लक्ष्मी गुरुङ , रजनी श्रेष्ठ, नानिस्वरी कुवर, कृष्ण कुमारी गुरुङ र अनार भारी लगायतको सहभागीता रहेको थियो ।
क्लवले यस अघि १३ पुसमा पर्वतको मोदी गाँउपालिका ७ राम्जाठाटी स्थित पशुपति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अबसर पारि निः शुल्क आँखा शिविर सम्पन्न गरेको थियो ।
इसै गरि गत वैशाखमा पोखराको पृथ्वीनारायण क्याम्पस स्थित दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गर्ने पुस्तकालयमा कम्प्युटर, डिजिटल अडियो मिक्स्चर, हार्डडिक्स, माइक्रोफोन, टेबुल पंखा, युएसपी, ब्याट्री, मेमोरी कार्ड, पेनड्राईभ, कार्ड रिडर सगै ब्रेल पेपर लगाउतका शैक्षिक सामग्रीहरु सहयोग गरेको थियो । यसै गरि बैशाखमै क्लबले न्युन आयस्रोत भएकी पोखरा ११ फुलवारि वस्ने सुजा पुनलाई गुजाराको लागि एक लाख २६ हजार नगद सहयोग गरेको थियो । क्लब मार्फत सिलाई कटिङको तालिम लिएकी पुनलाई सिलाई मेसिन सगै आवश्यक कपडा र अन्य सामग्री खरिद गर्न सो सहयोग गरिएको उपाध्यक्ष पराजुलीले जानकारि दिईन ।





