आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

विद्याले बजेट एकलौटी गरेको सांसद रानाको आरोप

विद्याले बजेट एकलौटी गरेको सांसद रानाको आरोप


  • ढोरपाटन संबाददाता
  • माघ ५ २०७६, आइतबार

पोखरा,५ माघ – राष्ट्रियसभाका सांसद विन्दादेवी रानाले कास्की निर्वाचन क्षेत्र नं २ मा आर्थिक वर्ष २०७६÷०७७ को बजेट बितरणमा एकलौटी गरेको आरोप लगाएकी छन् । उनले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई निर्वाचित सांसद विद्या भट्टराईले आफूखुसी गरेको आरोप लगाएकी हुन् । उनले योजना छान्दा आफूसँग कुनै सल्लाह नगरिएको जिकिर पनि गरिन् ।
‘विद्याजीले तपाईँले २ वटा सानोसानो योजना ल्याउनुस् म बजेट हाल्दिन्छ भन्नुभयो’, शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्,‘हिजो रवीन्द्रजी (स्वर्गीय रवीन्द्र अधिकारी) सँग छलफल भएरै कार्यक्रम ल्याइन्थ्यो, तर आज त्यसो हुनुको अलवा उल्टो अपमान र आपत्तिजनक व्यवहा भयो। ६ करोड बजेटलाई एकलौटी ढंगबाट जनता केन्द्रित हुनु पर्नेमा कार्यकर्तामुखी बन्नेभयो ।’
कानुनी अधिकारलाई लत्याउँदै निर्वाचित भएकै भरमा जिल्ला समन्वय समितिका सभापतिसमेत रहेका बैनबहादुर क्षेत्रीलगायतले विद्या भट्टराईको आड लिएको पनि उनले आरोप लगाइन् । समानरुपले बजेट वितरण हुनुपर्ने मागगर्दै उनले सरकारको निर्देशिका माथि नै आपत्ति जनाइन् । संविधानको धारा ८६ अनुरुप निर्वाचित हुनेको अधिकारलाई सरकारले स्वार्थमा बदलेको उनको जिकिर थियो । रानाले कास्की क्षेत्र नं २ अन्तर्गत पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगामा आकाशे पुल, मैदान ठूलीस्वाँरा सुरौँदी मोटरमार्ग, बासपानी कपासे सुरौदी हलेदेमार्ग, गिरीगाउँ खेल मैदान निर्माण, देउराली ब्यारेकचोक मोटरबाटो, सेती नहर दायाँबायाँ ढलान बाटो निर्माण पोखरा ७, काहुँ धरहरा जाने मोटर बाटो, फूलबारी पुन समाजको भवन, प्रतिभा टोल आमा समूह भवन निर्माणलाई आफूले प्राथमिकता दिएको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->