पोखरा, ५ माघ – सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल कास्कीको प्रथम भेला सम्पन्न भएको छ। पोखरा महानगरपालिकाको सभाहलमा सनिबार सम्पन्न भेलाले यदुनाथ बञ्जाराको संयोजकत्वमा १३ सदस्यीय जिल्ला सञ्जाल गठन गरेको हो। त्यस्तै सह–संयोजकमा शिबराज बास्ताकोटी, सदस्य सचिबमा प्रतीक्षा काफ्ले र सदस्यहरुमा तुलसी दाहाल, सबिता शर्मा, साबित्रा घिमिरे, खुम बहादुर थापा, पि.डि सिग्देल, रजित श्रेष्ठ, कमल बराल, ललितमान ताम्राकार, गोमा पराजुली, बिष्णु प्रसाद अधिकारी लगायत रहेका छन। यस्तै विशाल गुरुङ (मादी), राम गुरुङ (माछापुच्छ«े), रामकृष्ण अधिकारी (रुपा), यज्ञराज पौडेल (अन्नपूर्ण) लाई गाउँ पालिका संयोजक चयन गरिएको छ ।
सोही अबसरमा कृष्ण क्षेत्रीको संयोजकत्वमा पोखरा महानगरपालिका स्तरिय सञ्जाल पनि गठन गरिएको छ। जस्को सहसंयोजकमा कुलमाया क्षेत्री, सदस्य सचिबमा रेशम खड्का र सदस्यहरुमा जीवन सुवेदी, पदम श्रेष्ठ , इन्द्रबहादुर खत्री, परिजात खराल, अम्बिका अधिकारी, जीवन आचार्य, तुलसी बास्ताकोटी, राजु गिरी, आत्मा तुलाचन रहेका छन।
भेलामा पोखरा महानगरपालीका प्रमुख मानबहादुर जिसि, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश के.सी, सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालका केन्द्रिय सदस्य सुस्मा पौडेल, गण्डकी प्रदेशका सहसंयोजक माधब पनेरु, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले सूचनाको हकको बारेमा बोलेका थिए। भेलालाई सूचनाको हकका राष्ट्रिय सञ्जाल नेपाल गण्डकी प्रदेशका संयोजक दिपक आचार्यले सहजिकरण गरेका थिए। सूचना अभियन्ता यदुनाथ बञ्जाराको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत शिबराज बास्ताकोटी र संचालन नबराज दाहालले गरेका थिए।
मेयर जि.सी. र प्रजिअ केसीको प्रतिवद्धता
सूचनाको हकको लागि राष्ट्रिय सञ्जाल कास्की जिल्लाको भेलामा वोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सूचनाको हक कार्यान्वयनमा जुटेका अभियन्ताहरुलाई महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । भ्रष्टाचार न्यूनिकरण गर्न सकिए त्यसको फाइदा देश र जनताले पाउने विषय भएकाले यस क्षेत्रमा लागेका हरुलाई निर्भिकताका साथ लाग्न मेयर जिसीले सल्लाह दिएका थिए । नागरिक पारदर्शिताको लागि सूचनाको हक कोशे ढुंगा सावित हुने भन्दै आफ्नो कार्य अनुभव र आइपरेका चुनौतीको वारेमा अनुभव सुनाउदै आम नागरिकलाई आफ्नो अधिकार र कर्तव्य दुवै तर्फ सचेत रहेर काम गर्न आवश्यक रहेको मेयर जिसीले वताए । वार्षिक वजेट मै सूचनाको हक नागरिक सचेतना कार्यक्रम राख्न भेलाले माग गरेको थियो ।
यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सूचना अभियन्ताहरु सुशासनका संवाहक भएकाले आफ्नो कर्तव्य, दायित्व र अधिकारलाई वुझेर कानुनको मर्म वमोजिम काम गर्नु पर्ने वताएका छन् । सूचना अभिन्यताहरुले के कति र कस्ता सूचना माग्न हुने, कस्ता माग्न नहुने भन्ने वारेमा स्पष्ट हुनु पर्ने औल्याउँदै कास्की प्रशासनका तर्फवाट सूचनाको हक कार्यान्वयनमा पुरा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सवै सरकारी सार्वजनिक कार्यालय संघ संस्थाहरुमा सूचना अधिकारी राख्ने व्यवस्था अनिवार्य गर्न निर्देशन दिइएको प्र.जि.अ. रमेश केसीले वताए ।





