आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरा रंगशालाको शौचालय : अहिल्यै दुर्गन्धित

पोखरा रंगशालाको शौचालय : अहिल्यै दुर्गन्धित


  • विजय नेपाली
  • माघ ६ २०७६, सोमबार

पोखरा,६ माघ – हालैमात्र पोखरा रंगशालामा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)सम्पन्न भयो । सागअन्तर्गत पोखरामा सात खेल भए । साग लक्षित भई पोखरा रंगशालामा फास्ट ट्रयाकमा पूर्वाधार बनाइयो । पोखरा रंगशालामा प्यारापिट सहितको मैदान पुनर्निमार्ण कार्य अघि बढिरहँदा लक्षितमध्ये करिव ५० प्रतिशत काम सम्पन्न भएको छ ।
रंगशाल बनिसकेकै थिएन । तर, फुटबल रंगशाला ढाकछोप गरि महिला फुटबल सम्पन्न गरियो । काम अहिले पनि हुँदैछ तर त्यो समयमा निमार्ण सम्पन्न भएका पूर्वाधारहरु बिस्तारै भत्कन थालेका छन् । साग समयमा संरक्षण र सफा देखाउन खोजिएको रंगशालाको अवस्था पूरै नसकिँदै फोहोर तथा जीर्ण अवस्थामा पुग्ने देखिएको छ ।
१ अर्ब २८ करोडको लागतमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आधुनिक रंगशाला निमार्ण गरिँदैछ । रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले भारतीय कम्पनी जेभीएमए र नेपाली कम्पनी जिएसआईसँग गत पुस १३ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार ६ महिनाभित्रमा फुटवल स्टेडियम बनिसक्नुपर्ने भएपनि अझैसम्म पुरा हुन सकेको छैन ।
पोखरा रंगशाला फुटबल मैदानको शौचालय अहिले हेरिनसक्नु र गइनसक्नु भएको छ । रंगशालाभित्र निषेध गरिएको लागूपदार्थका खोलहरु त्यहाँ प्रसस्त मात्रामा देखिन्छन् । शौचालयमा छिर्दा नाक थुन्नुपर्छ । शौचालयको प्यानहरु गुट्खा, सुर्ति तथा चुरोटका खोलहरुले भरिएका छन् । यतिमात्र होइन, शौचालयमा पानी समेत छैन । सबैको आँखा जाने रंगशाला निमार्ण हुन नपाउँदै दुर्गन्धित हुदाँसमेत खेल समिति तथा खेलकुद पदाधिकारी मौन बसेका देखिन्छन् ।
निर्माण हुन नपाउँदै व्यवस्थित हुन नसकेको पुर्वाधार हेर्दा निमार्ण सम्पन्न पछि यस्को व्यवस्थापन हुदैँन कि भन्ने शंका उब्जिएको छ । पोखरा रंगशालाभित्र मादक पदार्थ, धुमपान छिराउन समेत पाइदैँन तर पनि शौचालयमा यसरी खल्ला रुपमा फाल्दै दुर्गन्धित हुदाँ कसैको ध्यान नजानु निकै विडम्वनाको कुरा हो । पोखरा रंगशालाको यो समस्या भने नयाँ होइन । खेलकुुदको क्षेत्रमा विकास गरिराखेको भाषण गरिराख्ने खेलकुद पदाधिकारी देखि मन्त्रीसम्मले यता ध्यानै दिँदैनन् । न त, रंगशाला भित्रै त्यसरी सुर्तिजन्य पदार्थ खाएर फ्याक्नेलाई नै कारवाही हुन्छ । पूर्वाधारको लागि बजेट पार्दा गर्व गर्ने पदाधिकारीले रंगशाला संरक्षणमा कहिल्यै पनि ध्यान दिएको देखिदैँन । खालि लोकप्रियताको लागि मात्र गरेको पाइन्छ ।
निमार्णधिन मैदानको शौचालय त एउटा उदाहरण मात्र हो । साग हुने समय निमार्ण गएिको बाटो तथा रंगशालाको ट्रयाक बाहिर राखिएकोछ भने केही ठाउँमा भत्किएको छ । कतिपय स्थानबाट पुन निकालिएको छ । सागअघि निकै तिव्र रुपमा काम भएको रंगशाला निमार्णको कार्य यतिबेला कछुवा गतिमा हिँडिराखेको छ ।
फागुन देखि रंगशाला फुटबल मैदानमा अन्तराष्ट्रिय स्तरको दुई ठुला प्रतियोगिता हुने अखिल नेपाल फुटबल संघ (एन्फाको) क्यालेन्डरमा सार्वजानिक गरिएको छ । तर जुनरुपले गति लिएर साग अघि काम गरिएको थियो त्यो अहिले देखिदैँन । साग समयमा दिनरात खटिएका कर्मचारीहरु समेत अहिले रंगशालामा देखिन छाडिसकेका छन । रंगशाला निमार्णको अवस्थालाई हेर्दा यो वर्ष पनि पूरा नहुने हो कि भन्ने आशंका देखिएको छ ।
खेलकुद विकास समिति भन्छ ः अहिले निमार्ण हुदैँ छ हाम्रो हातमा छैन
पश्चिमाञ्चल खेलकुद विकास समिति कार्यालय प्रमुख लक्षमण योगीले निर्माणधीन रंगशाला निमार्ण कम्पनीकै जिम्मामा रहेकाले आफुहरुले तत्काल केही गर्न नमिल्ने बताएका छन् ।
निमार्ण कम्पनीले निमार्ण सम्पन्न गरी समितिलाई हस्तान्तरण नगरेसम्म आफूहरुले केही नगर्ने उनले बताए । ‘हामिले निमार्ण कम्पनिको काममा कुनै पनि बाधा गर्नेछैनौँ, उनीहरुले पूर्वाधार सम्पन्न गरेर हस्तान्तरण नगरे सम्म हामीले केही भन्दैनौँ । त्यसपछि मात्र हामिले संरक्षण गर्ने छौँ’, योगीले भने, ‘निमार्ण कम्पनीले काम गर्दैछ, हाम्रो जिम्मामा आइसकेको छैन् साग गेम भने केन्द्रबाट नै भएको हो, हामीले त तपाईहरु काम छिटो गर्नुस भन्छौँ , हामीले अवरोध गरेका छैनौँ, उनीहरुले नै कसरी गरेका छन् हामीलाई थाहा भएन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->