आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगितामा शुरु

पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगितामा शुरु


  • Dhorpatan News
  • माघ ६ २०७६, सोमबार

पोखरा, ६ माघ – युनाईटेड क्लवको आयोजना र कास्की जिल्ला वुद्धिचाल संघको सह आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । दशौ पोखरा महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ३० जना खेलाडीहरुको सभागीता रहेको छ । जस अन्तर्गत ११ जना खेलाडी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन ।
प्रतियोगितामा लोक बहादुर थापा, पुजा भण्डारी, शागर शाही, महेश्वर अधिकारी र कृष्ण थापा दुई अंक ल्याउदै दोश्रो चरणमा प्रवेश गरेका हुनभने राम बहादुर क्षेत्री, अनिल कोइराला, बुद्धिराज शर्मा, विश्व पराजुली, एकराज अधिकारी, युवराज भण्डारीले एक अंक सहित दोश्रो चरणमा प्रवेश गरेका छन ।
उक्त प्रतियोगितामा सिनियर राष्ट्रिय आर्विटर ९रेफ्री० श्याम सुन्दर ताम्राकार र राष्ट्रिय आर्विटर ९रेफ्री० नरेन्द्र रानाभाटले प्रतियोगितामा रेफ्रीको भुमिका निर्वाह गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछभने दोश्रो र तेश्रो हुनेले नगद १५ हजार र दश हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा चौथो स्थान हासिल गर्नेले नगद ३ हजार प्रमाणपत्र र मेडल, पांचौ स्थान हासिल गर्नेले २ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछनभने टप टेन भित्र पर्ने बांकी ५ जनालाई जनही १ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन ।
प्रतियोगिताको उद्घाटन गर्दै युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सवको आयोजना गरी पोखरामा सामाजिक काम गर्दै आइरहेको र क्लवको उद्देश्य अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र जसमा खेलकुद कार्यक्रम अन्तर्गत बुद्धिचाल प्रचियोगिताको आयोजना गरिएको वताए । आगामी दिनमा पनि खेलकुदको क्षेत्रमा क्लवले निरन्तर काम गर्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै कास्की जिल्ला बुद्धिचाल संघका उपाध्यक्ष सुनिल बहादुर कोइरालाले निकट भविश्यमा युनाईटेड क्लव संग सहकार्य गरी बुद्धिचाल प्रतियोगिता संगै कास्की जिल्लाबाट प्रतिनिधित्व हुने गरी बुद्धिचालका खेलाडि उत्पादन गरी अगाडि वढ्ने वताए ।
यसैविच महोत्सवमा जारी कास्की जिल्ला स्तरिय खुल्ला लोकनृत्य प्रतियोगितामा लेखनाथ विभुति पोखरा १५ रामबजार र राइजिङ स्टार एकेडेमी फाइनलमा प्रवेश गरेका छन । वेसलाईन एकेडेमी र सरस्वती सेकेण्डरी स्कुललाई पछि पार्दै लेखनाथ विभुति र राइजिङ स्टार फाइनलको यात्रा तय गरेका हुन । प्रतियोगितामा मंगलवार कुमुदिनी होम्स, ज्ञानगंगा एकेडेमी, अमरसिंह मावि र युनिभर्स एकेडेमी वीच प्रतिस्पर्धा हुनेछ ।
माघ १२ गते सम्म सञ्चालन हुने महोत्सवमा दर्शकको सहभागीता समेत वढ्दै गएको छ । महोत्सवमा सोमबार लोकदोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रामजी खांडको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिए । रामजी खांड संगै लोकदोहोरी गायक गायिका जीवन दाहाल, टेक क्षेत्री, कृष्ण अखेली, पार्वती जिसी, ज्योति लोहोनी, केशव देवकोटा, सरस्वती लामिछाने, माया गुरुङ लगायतको प्रस्तुतीमा दर्शकले मनोरन्जन लिएका थिए भने दीपक थापा मगरको हास्यब्यङ्ग्य सहितको जादुले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो । त्यसैगरी सोमबार संस्कृती तर्फ तेर्सापट्टी तायामचा समितीको लाखेनाचको प्रस्तुती रहेको थियो ।सांझको पपकन्सर्टमा युवाहरुको ढुकढुकी सुगम पोख्रेल एण्ड बाजागाजा ब्याण्ड संगै स्थानिय द फेयर मेसिनको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।
महोत्सवको आठौ दिन लोकदोहोरी तर्फ पछिल्लो समय निकै चर्चित लोकदोहोरी गायक प्रकाश सपुत, शंकर विरही गुरुङ, पी आर सी पौडेल, निश्चल थापा मगर, सीता परियार, सरस्वती लामिछाने, दुर्गा क्षेत्री लगायतकोे प्रस्तुती रहनेछभने सांस्कृतीक कार्यक्रम तर्फ तेर्सापट्टी ताया मचा समितिको भैरव नाज र गाईजात्रामा देखाइने मृदङ्ग वादन आठ वटा मृदङ्गको एकमुष्ट प्रस्तुती रहने महोत्सव सांस्कृतीक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा सांझको पप कन्सर्टमा शनिस श्रेष्ठ र स्थानिय प्रोभर्सको प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->