आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरा म्याराथन नेपालकै पहिचान : मन्त्री गुरुङ

पोखरा म्याराथन नेपालकै पहिचान : मन्त्री गुरुङ


  • Dhorpatan News
  • माघ ७ २०७६, मंगलबार

पोखरा, ७ माघ – आगामी फागुन ३ गते पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउने दायित्व आयोजकको मात्रै नभई हरेक नागरिक र सरकारको समेत उत्तिकै दायित्व रहेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताएका छन ।
पोखरा म्याराथन पोखरा र प्रदेशकोमात्र नभई नेपालकै पहिचान भएको कुरामा जोड दिंदै मन्त्री गुरुङले म्याराथनले अब पोखराको मात्र पहिचान नबनाई अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान बनाउँन सबै क्षेत्रबाट साथ दिन उनले आग्रह समेत गरे । उनी भुतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन विषयक अन्तरक्रियामा कार्यक्रममा बोल्दै थिए ।
वर्षको एक दिन सहभागितामात्र नसोचि स्वास्थ्यका लागि दौडने वातारण बताउन तर्फ लाग्नुपर्ने उनको जोड थियो । म्याराथनलाई साथ दिन प्रदेश सरकार संरक्षकको भुमिकामा रहने पनि मन्त्री गुरुङले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले म्याराथनलाई महानगरको पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरे । उनले पोखरा भगिनी सम्वन्ध रहेका शहरहरुमा यसको प्रचार प्रसार र सहभागिताका लागि पत्रचार समेत गरिएको जानकारी दिए ।
त्यस्तै मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चले गरेको ऐतिहासिक कार्यको बारेमा जानकारी दिएका थिए ।
अन्तरक्रियामा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अव हुने म्याराथनका बारेमा प्रकाश पारेका थिए । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवर्धनमा ठुलो भुमिका पोखरा म्याराथनले खेलिरहेको उनको तर्क थियो । यसपालिको म्याराथनको विश्व शान्ति सद्भाव दौडमा सहभागि हुन युनेष्कोका संस्थापक डेभिड्सन लिन्कोनसहितको टोली आउने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।
सो अवसरमा माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण गुरुङ, घरपझोङ गाउँपालिका मुस्ताङकी उपाध्यक्ष शर्मिला गुरुङ, तमु धिं एशोसियसन यूकेका संस्थापक अध्यक्ष मिन गुरुङ ‘सिक्लेसी’, एनआरएन बेलायत राज्य समितीका उपाध्यक्ष लाल बहादुर गुरुङ (एलविजेड्), विभिन्न बैकका अध्यक्ष तथा कार्यकारी प्रमुखहरु, समाजसेवी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।
१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वल्र्ड पिस रन’ का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने छन । यसै पोखरेली मंच यूकेको नेतृत्वमा एक टोली यूके बाट सहभागिताका लागि आउनेछ भने हङकङ, अमेरिका, जापान लगाएत अन्य देशहरुबाट सहभागिताका लागि आउने भएका छन ।
पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा वृद्धी गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।
पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएकोछ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने मंचले जनाएको छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->