शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जिल्ला लिगमा खेलेको अन्य खेलाडी खेलाएको भन्दै लमजुङमाथि उजुरी

जिल्ला लिगमा खेलेको अन्य खेलाडी खेलाएको भन्दै लमजुङमाथि उजुरी


  • विजय नेपाली
  • माघ ११ २०७६, शनिबार

पोखरा,११ माघ – त्रिवेणी युवा क्लब लमजुङ, भिमाद युथ फुटबल क्लब तनहुँ र गैडाकोट खेलकुद विकास समिति नवलपुर पोखरामा जारी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलमा जित हात पारेका छन । लमजुङले जित हात पारसँगै गोर्खाले प्रोटेस्ट हालेको छ । लमजुङले जिल्ला लिगमा अन्य क्लबबाट खेलिसकेका खेलाडीलाइ समावेश गरेको भन्दै प्रोटेस्ट हालेको हो ।
पोखराको लेखनाथस्थित भण्डारढिकमा जारी लिगअन्तरगत शुक्रबार भएको खेलमा लमजुङको प्रतिनिधित्व गरेको त्रिवेणी युवा क्लबले गोर्खाको प्रतिनिधित्व गरेको बौद्ध हिमाल क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । खेलपछि, गोरखाले लमजुङ विरुद्ध प्रोटेस्ट हाल्यो । उक्त खेलमा लमजुङले जितेपनि प्रोटेस्टका कारण लमजुङले प्राप्त गरेको ३ अंकलाई जोडिएको छैन ।लिगको नियममा अन्य क्लबबाट खेलेको खेलाडी समावेश गराउन नपाउने भनि उल्लेख छ । तर जिल्ला लिग भनेरै तोकिएको भने छैन ।
पहिलो खेलमा सहभागी नगराएको खेलाडीलाई दोस्रो खेलमा सहभागी गराएको भन्दै गोरखाले लमजुङमाथि प्रोटेस्ट हालेको प्रतियोगिता म्याच कमिशनर एलबी ज्वारचनले बताए । गोरखाको प्रोटेस्टबारे छानविन भइरहेको ज्वारचनले प्रष्ट पारे । उनले भने, ‘प्रोटेस्टबारे हामी भोलि शनिबार १० बजेभित्र पूरा छानबिसहित एउटा निर्णयग गर्छौँ र गोरखालाई सुनाउँछौं ।’
लमजुङका लागि नवराज गुरुङ र आशिक गुरुङले २÷२ गोलको योगदान गरे । उज्वल शाही, हरि गुरुङ र अश्विन गुरुङले १÷१ गोल थपे । खेलको १५ औं मिनेटमा उज्वल शाहीको गोलबाट अग्रता लिएको लमजुङका लागि ३३ औं मिनेटमा हरि गुरुङले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए ।
नवराजले खेलको ४५ र ४९ औंँ मिनेटमा दुई गोल गर्दै लमजुङको अग्रतालाई फराकिलो बनाए । त्यसपछि, खेलको ५५ औं मिनेटमा अस्विनले गोल थप्दै लमजुङको अग्रतालाई ५–० पु¥याए । गोरखाका बिनु गुरुङले ५७ औं मिनेटमा टोलीका लागि एक मात्र गोल गरे । लमजुङका आशिक गुरुङले ६९ र इन्जुरी समयमा २ गोल गरे ।

लिग फुटबलअन्तर्गत शुक्रबार नै भएको दोस्रो खेलमा समूह ‘ख’ को भिमाद युथ क्लब तनहुँले म्याग्दी जिल्ला खेलकुद विकास समितिलाई २–१ गोलको जित निकाल्यो । यस जितसँगै तनहुँले जारी लिगमा ६ अंक जोड्न सफल भएको छ । यसअघि, बुधबार तनहुँले बागलुङ जिल्ला खेलकुद विकास समितिसँगको पहिलो खेलमा जित निकालेको थियो ।तनहुँको जितमा बिनोद घिमिरे नायक बने । बिनोदले खेलको ४१ र ७४ औं मिनेटमा २ गोल गरे । देवस छन्त्यालले खेलको २८ औं मिनेटमा गरेको गोलबाट सुरुवाती अग्रता लिएपनि उसले थप गोल गर्न सकेन । समूह ‘ख’ मा रहेको म्याग्दीले जारी लिगमा ३ अंक मात्रै जोडेको छ । उसले बिहीबार खेलेको पहिलो खेलमा गैडाकोट खेलकुद विकास समितिसँग ३ अंक खोस्न सफल भएको थियो ।

यस्तै, लिग फुटबल अन्तर्गत शुक्रबार भएको तेस्रो खेलमा गैंडाकोट खेलकुद विकास समिति नवलपुरले बागलुङ जिल्ला खेलकुद विकास समितिमाथि ४–१ को जित निकालेको छ । जारी लिगमा ३ खेल खेलेको नवलपुरले यस जितसँगै ६ अंक जोड्न सफल भएको छ ।यसअघि, बुधबारको खेलमा होराइजन युथ क्लबमाथि जित निकाल्दै नवलपुरले ३ अंकको खाता खोलेको थियो । बिहीबार, दोस्रो खेल खेलेको नवलपुरले म्याग्दीसँग हार्दै अंक गुमाएको थियो ।नवलपुरका लागि आशिष महतोले २ गोलको योगदान गरे । आशिषले खेलको ७ र ३१ औं मिनेटमा गोल गरेका थिए । प्रविण गुरुङले ७३ औं मिनेटमा १ गोल थपे । नवलपुरका लागि बागलुङले १ आत्मघाति गोलको उपहार दियो । राजन गुरुङले आत्मघाति गोल गरेका थिए । खेलको ७६ औं मिनेटमा प्रमेश थापाले बागलुङका लागि एक मात्र शान्त्वना गोल गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->