बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

समर्पित मन-२

समर्पित मन-२


  • मुकुन्द शाक्य
  • माघ ११ २०७६, शनिबार


उहाँकोे सपना पूरा पनि गर्न सकिएको पल छैन । म मात्र हैन म जस्ता धेरैधेरैहरुको यही हालत छ । पढाइ सिध्यायो अनि कामको जोहो गर्न पनि फलामको ढोकाभन्दा कम रहेनछ । मेरा सङ्ंगिनीहरु जो पूरा अध्ययन समय सम्म एउटै कोठामा वितायौं , उनीहरु पनि आफनै बस्ती , थलो सुदुर पश्चिमका विकट बस्तीमा जीवनका अपत्यारिला क्षणहरुसंग जुधिरहेको अवस्था छ । शिक्षाक्षेत्रमा पनि यत्रो व्यापारीकरण ? आमावावाहरुका सपनाहरु नै बेस्कन रुमलिरहेको परिवेशमा सपनानै अधकल्चो भैरहेको छ । मानिसलाई मीठामीठा सपना वाँडेर नाम मात्रको सुविधाका अवसरमा सन्तानको उज्ज्वल भविष्य निर्माण गर्न हाम्फालिरहेका असङ्ंख्य छन् । एउटी काकीले भन्दै हुनुहुन्थ्यो … ५ वर्ष नर्स पढाए ,पास पनि भै हाली अति खुसी भए दुई वर्ष भै सक्यो जागिरको मेलोमेसो नै छैन । साह्रै दुख लाग्यो । वर्षेनि हजारौ छात्रछात्राहरुको प्रमाणपत्रको यही हालत छ होला कि यसतै मात्र हो ? । भनसुन नहुने भएसि संसार गाह्रै हुंँदो रहेछ छोरी ।
हे प्रभु …… संसारको रीत नै यस्तै हो र ? एउटा पार ग¥यो अर्कोमा गारो , बुभ्mयो झन् सारो । है छ क्यार…. भगवान बुद्धले भनेका चतुर्आर्य सत्य ….. जीवनमा दुःख छ , दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ ,र त्यसका वाटाहरु छन् । होला सायद हामी हल्ला हल्लामै सीमित छौं । वावा आमाहरुले कति सास्ती खेपे होलान् हाम्रा लागि । आमाले भन्नुहुन्थ्यो…सानैदेखि दुःखै हो विवाह गरी आँए परिवार वन्यो एकको दुई अलिक पछि दुईको तीन, क्षणिक रमाइलो अन्तत जिन्दगी अभावकै अभावको दुःख । तै यसको परवाह गरिनु हुँदैन । गर्दै जाने हो सहंँदै जाने हो । यसरी नै जीवन अन्त्य हुने हो नानी …… …।
त्यही त आमा… तृष्णा ठूलो राख्नु हुँदैन ..तन ढाकिएकै छ , एक मुठी खाएकै छौं एक सरो लाएकै छौंं । समाजसँग घुलमिल भएकै छौं । आफूले आफूलाई हेर्ने हो । हाम्रो सक्षमता कहांँसम्मको छ त्यसको आंँकलन गर्नु पर्छ आमा । स्मरण गर्छु तपाईका भोगाईका कथाहरु .. भन्नुहुन्थ्यो .. तिम्रो वावालाई नचिन्ने को थियो होला र ? सजिलो पाराको मान्छे…घरको काम थातीे राखेर भए पनि छिमेकी र समूहमा सहयोगको हात सदैव अगाडि हुन्थ्यो । खानुको ठेगान छैन, आरामको समय छैन । बेलुकी खानापछि ममाथि भाषण छाट्नु हुन्थ्यो । मान्छे सामाजिक बन्नु पर्छ । समाज र छिमेकी भएर बस्न सके मात्र संधै उत्साहको जीवन वाँंचेको ठहर्छ । समाजविना मान्छे एक्लो हुन्छ । छोरी त्यतिवेला तिमी त थियौे मेरो खुसीको साथी । तिम्रो लागि अहोरात्र लागियो । न दिनको भोक न रातको निद, भोक प्यासको हिसावै छैन जुन आज पनि छ । तै तेतिखेर तिम्रो तोते वोली र सानो अधरको मुस्कानले हामी प्रफुल्ल हुन्थ्योै । सबै दुःख क्षणभरमै हराएको हुन्थ्यो निष्कलङ्कको हांँसो………खुसीका आँसुहरु छचल्किएर टप्कन्थे तिम्रा मुलायम गालाहरुमा, हजार चुप्पा बर्सन्थे तिम्रा अधरहरुमा ….। त्यतिखेर अनायास तिम्रो औंलाहरु मेरो ओठमा अनौठाको स्पर्श भान भएको थियो ।
………ऐले मेरा ए, वी, सी सङ्ंगीहरुको औधी याद आइरहेको छ । होस्टेलमा हामी चारजना थियौं । एलिना, विष्णु, चन्द्रा र म कुमु यसरी मैले ती तीनजनाको छोटो नामले सम्वोधन गरें । हामी चारैजना एउटै आमाको गर्भवाट निक्लेका झै छौं । मेरो यो पाइलोलाई पूरापूर सघाउने बचनबद्धता दिएकोले त्यो दुरदराजको बस्ती समीपमा नरहे पनि वस्तीको नागरिकको लागि गर्नु पर्ने दायित्वका कुराहरु मलाई बराबर याद आइरहेको छ ।
प्रेरणा, उत्प्रेरणा र प्रयासको संगम मेरो जीवनको उद्धेश्य रहेको छ । भने जस्तो नहुंँदा पाइलाहरु पनि वीचवीचमा अवरुद्ध हुँदा रैछन् । सोच्ने गर्छु …..अभियान थालनी गरें परिचालन र अन्त्यको कार्यलाई कसरी चाँजोपाँजो मिलाऊँ सूत्र नै फेला पार्ने मेसो अझै आइरहेको छैन । आज आज भोलि भोलि भन्दै समयको चाललाई समेटन सक्याछैन । मेरा संगीहरुको आधारलाई अग्रपङ्तिमा राखेकी छु । एउटा भनाइ सम्झें …. आत्तिनु ,मात्तिनु र पात्तिनु संघर्षका वाटो होइन रे……। निस्वार्थ रही सामाजिक दायित्वमा हेलिएका नेपाल भित्रकै धेरै महिलाहरु देखेको छु । धेरैधेरै संघसंस्थाहरु खोली धेरैको उद्धार गरिरहेको यै आँंखाले देखेकी छु, यै कानले सुनेको छु । कति अप्ठ्याराका सामनामा लागिरहनु भएको परिपे्रक्षमा मलाई पनि ती अफ्ठ्यारासँग जुध्ने आँट आएको थियो । गरे सकिन्छ भन्ने लागेकै हो । त्यसैले स्वार्थका कुनै कुरालाई ईङ्गिंत नगरी मलाई पनि केही गर्नु पर्दो रहेछ समाजमा आफनो धरातल वनाउँ भन्ने लाग्यो त सुदुर पश्चिमका विकट बस्तीहरु रोजें । केही गर्न सकिन्छ कि त्यहाका नागरिकहरुलाई भनेर, त्यही पनि महिलाहरु जो धेरै पछाडि धकेलिएका छन् ।
घामका उज्यालोसंगै मामाको गाँंउको आकाशमा सेता बादलहरु हुइँकिँदै थिए । लाग्थ्यो म पनि उनीहरुसँंगै कावा खाँदै बाज वन्दै उड्दै आकासमै रोकिदै कहिले वादलभित्र हराउँथे । क्षणभर वारीपारीका पाखा हरु मेरो द्रुतगतिको पहुँच हुन्थ्यो । कस्तो रमाइलो , कस्तो उन्माद , प्रकृतिको सिर्जनामा विना रोक तोक ? कस्तो आनन्द ……
कता टोलाई रहिछ्यौ नानु ………आमाको आवाजले…..म मेरो कल्पनावाट झस्किएँ … आमा चिया लिएर उभिरहनु भएकोमा कताकता म आफै ग्लानिको अनुभव गरिरहेकी थिए किनकि आमा मेरो………सेवामा तल्लीन छिन् । झटपट चिया लिंदै आमा ……..धेरै भुलेछु ….क्षमा भन्न नपाउँदै मेरोे कांधमा विस्तारै थपथपाउनु भयो ।
आफनो कल्पनाको कुरा आमालाई भन्दै ….. आमा … कताकता मामाको गाउँमाथिको आकाशमा विचरण गरीरहेकी थिएँ । क्षणभरमै मेैले गाउँको सारा ठाउँहरुमा घुमेर आएँ नि ……..त ।.. हाँस्दै आमाले भनिन् …..छोरी हिजोआज तिमी धेरै टोलाइरहने भएकी छ्यौ । यो मेरो अन्तःस्करणले महसुस गरेको हो । …चिया सेलाइसकेको अनुभूति दिन नपाउँदै आमाको वात्सल्यमै भने..आमा… चियाको प्रत्येक चुस्कीमा ममताको स्वादहरुले भरिएको छ । मैले थालेको अभियानमा म जति….


अल्मलिएको छु नि विचविचमा रहने गरेका तपाईको बात्सल्यले गर्दा म हर्षको आंँसुले कतै नभिजूँ । आमालाई छेउमै राखी मेरो अभियानको सबै कुराहरु प्रस्ट्यााउन खोजें । ..जुन कार्यमा म लागेँ……यो मैले ठीक गरेँ या गरिन यस्को अनुमान तपाइले गर्ने हो । यसको पृष्ठभूमिमा तपाईले दिनु भएको बाबाको भावनाले भित्रसम्म भूमिका लिएको छ । कसरी यो मेरो अन्तरमनमा सुस्तरी पदार्पण ग¥यो मलाई थाहा छैन । तपाई जति भावनामा वगेर मलाई सुनाउनु हुन्थ्यो उतै तिर थाहा नपाइकन मेरो मन वग्यो आमा …. । समाजमा रहेर समाजसँग कतिको भिज्नु पर्छ गंम्भीर भएर आफूलाई लानु पर्ने हुन्छ त्यो पनि हेक्का राख्ने गरेकी छु । हामी त महिला पर्रयौं पुरुष जस्तै क्षणिक बहकाईमा हस्किने गर्न पनि त सुहाउँदैन । कति दिन पानीमाथिको ओभानो हुन सकिन्छ र ? अनि समाजवाट हुन जाने तिरस्कार कति पीडा हुन्छ यो मनले बुझने हो । समूहवाट पर रहन पनि सकिन्न ।
समाज पनि कहिलेकांही न्याय दिन चिप्लिन्छ । धनी र गरिवको आधार लिएर पनि गुडुल्किन्छ । बलियो हुँदा अमुक हुने निर्वलियो हँुंदा जाइलाग्ने र अरुहरुले पनि यसैमा साथ दिने कहिलेसम्म यस्तो हुने होला आमा …….। कहिलेकाँही लाग्छ मानिस मानिसमा किन यो विग्रह .. ? ।
आमाले जाने जस्तै गरी भनिन् …. त्यसैले समाजलाई आफन्ती वनाई राखेस् छोरी । तेरो कुरा मलाई मन पर्छ । पाको मान्छे जस्तै गरी वोल्छेस् कहिले त । लाग्छ छोरी उम्दा भैसकिछिन् । सपनीमा तेरो बाबासंग कुरा हुंँदा…… छोरीको वारेमा मैले क्यै वोल्नु प¥या छैन वावा भन्दिन्छु ल झटपट आमाले परेली किनारलाई आली थप्ने कोसिस गरेता पनि मेरो आँखामा कुलेसो कोरी हाल्यो आंँुले । त्यै आंँसुको कुलेसोवाट छेउकुना हुँदै बगिरहेँ …………। आमा नतमस्तक भुई कोट्याउदै हुनुहुन्थ्यो । कति कमलो हृदय …..कहिलेकाँही के हुन्छ होला आमाको मन ।
कहिलेकाँही लाग्छ … यस्तो अप्ठ्यारो काम किन आँंटे हुँला । किन चाउरिस् मरिज आफनै रागले भने जस्तो लाग्छ । अर्को मनले त पूरापुर सहयोग पाइराखेकै छ तै यै मनस्थिति आपसमा वाझावाझ पनि गर्छन् । भन्छन् यो संसारमा आँटन सक्नु पर्छ गर्न सकिन्छ , सम्भव छ । तर दुःख त आउँछ नै यो पनि भन्छन् सपना पनि देख्नु पर्छ सपना छैन भने उसको केही पनि हुन्न रे । वास्तवमा यसवारे सपना देखेको त होइन तर आँट गरेकी त पक्कैे हो । जीवन भन्नु कोसिस हो र म कोसिस गर्न छोड्दिन किनकि मसँग जुझारु साथीहरु छन् । तीन हप्ता साथीहरुसंगै मेरो उद्धेश्यका माटोहरुमा भिजेर आएकी छु । खुसी लाग्यो । मेरा पहलकदमीका धेरै कुराहरुसँग आत्मसात गर्न पाइयो । समाज वटुलेर अधिकांश समय खर्चे । लाग्यो विकटको भूगोलीय क्षेत्रले पनि यो क्षेत्रलाई धेरै पिरोलिएको आँंकलन गरें । हरेक दृष्टिकोणवाट पछि पारिएको अकाट्य हो ।
नेताहरु बढी सुविधामुखी वनेपछि लाटासोझा मान्छे हस् हजुर वाहेक उसको कुनै बाटो नै छैन । आफुलाई परेको खण्डमा आफूभन्दा अलिक ठूलाको हार गुहार माग्ने र भनिदिन चाकरी गर्ने , नसके उनको अगाडि कपाल कन्याउँदै कुकुरले पुच्छर लुकाए झै शरीरलाई धनुष्टङ्कारको आकारमा मसिनो स्वरमा भनाइ राख्ने । लाग्छ दासत्वको ढङ्ढङ्तीको अवशेष वांँकी छ नै । त्यसैले साक्षरताको अनुपातलाई हेर्ने हो भने सरकारी निकायको तथ्याङक मज्जाले वन्दो रहेछ । कति कसलाई कतिञ्जेल झुक्काइरहने हो खै ….।
विकासै विकासको नाराले सुदुरबस्तीहरु ढाकेकै रहेछ भने जनताहरु विकासवारे अनभिज्ञ । दिदीबहिनीहरुको राम्रो जमघटमा मेरो सम्झाइ बुझाइमा वातावरणले सार्थकता लिएको महसुस गरें । सकेसम्म घरघरकै सदस्यहरुनेै स्वास्थ्यप्रति मात्र न भै यसका कारक र कारणहरुको भलीभाँंती जानकार रहनै पर्ने र चासो लिनुपर्ने वारेमा विस्तृत छलफल भएकोले मेरोे ए वि सि मित्र र म केही हौसिएको छु ।
आजको मौसमलाई दिलैदेखि धन्यवाद दिएकी छु । बादलहरु फाटेर आकाश निर्मल भएको छ । प्रकृति छटाहरु छताछुल्ल छन् हरियाली रङ्ंगहरुमा रमाएका छन । यी आँखाहरु सुनौला घामवाट उज्यालिएका परिदृश्यहरुमा । पुन हिलका झै टम्म मिलेका वस्तीहरु । क्षणिक आनन्द बटुल्न भ्याइहाँले ।
हाट भर्न आजको दिन साह्रै उत्तम लागिरहेको छ । बुधवार हाट त्यति साह्रो भीड हुँदैन शनिवार जस्तो । बिचारी बिचारी भाउ मिलाएर लिन पाइने । । अर्को हाटसम्मको सरजाम लिएर आमासँंग खुसी वाड्दै फक्र्यौ । बाटोको चौतारीमा एक महिला र सानो वावु थकाई मार्दै थियो । हठात् मेरो मथिङगलनै खुजमुजिएको भान भयो । साह्रै कमजोर देखे तिनलाई । पक्कै केही अप्ठ्यारा क्षणहरु गुज्रिरहेको छ तिनीमाथि । मनै मानेन सोधिहालेँ ……“दिदी …..विसञ्चो हुनु भयो कि ?” अपरिचित भएकीले होला बोल्न अनकनाइरहिन् …। म केही गर्न सक्छु तपाईलाई ……… ? म पनि तपाई जस्तै महिला हुँ निर्धक्क भै भन्नुस् । केहीबेर एकतक लाएर हेरीरहिन् .. आँंसु बहाउँदै आफना कुराहरु राखिन् । म असमन्जसमा रहेँ । सोंचे म कानुनको विद्यार्थी परिन । तै आफना सुझाव राखिदिएँ… दिदी ….अलि दह्रो बन्नुस् । आमा वावुलाई त्यागेर उनकोलागि जीवन साथी बनेर आएकी हौ ..यत्रो जीवन अझै छ । समस्या आउँछन् , बल्झिन्छन् र सुल्झन्छन् पनि । आँंसु त यसै झर्छन् त्यसंै पनि झर्छन् यसलाई तगारो लगाउन दिन हुँदैन । उहाँको शान्त समयमा आफनो सही विचार खुसीखुसी राखिदिनुस् । अंगेनोको अगुल्ठो ठाकठुक नपारे कसरी बल्छ आगो ? अलिअलि यताउति भै हाल्छ नि , यस्तै हो दिदी जीवनको भोगाइ । सानो बाबुलाई बिस्कुट ठम्याएर हिँडिहालेँ । अनायास मनको घाउ विस्तारै चहराउँदै आइरह्यो । अपरिचित दिदीको आवरणमा मेरो अभियानको गन्तव्यहरु सलबलाइरह्यो । शान्त खोलाको सुसाईमा खहरेको भेलले छेउहरु खोस्रे जस्तो मनका किनारहरु भत्काइरह्यो । सोच्न पुगे

महिला हिंसाको मामिलामा शिक्षित जमातमा पनि विवादास्पद हँुदो रहेछ नि । नाराहरु फगत एउटा हात्तीको देखाउने दाँंत जस्ता रहेछन् । मेरो अन्तरमनको धरातल भूकम्पको हलचल धलफल जस्तै थियो । अनायासै स्वाँ–स्वांँ र पसिनाको रुझाइमा….. आमा … शब्द वाहेक केही वाक्य निस्कनै सकेन । आमा फरक्क फर्केर छोरी .. भन्दै मलाई ढल्नैबाट बचाउनु भयो । नतमस्तक म पसिनाको निथ्रुक्क रुझाईमै आमालाई हेरिरहे …… आमाको स्निग्ध अनुहारमा हतासका थुपै रेखाङकनहरु समाहित भेैरहेको थियो ।
आमा ..म मेरो अपूरो अभियानको बाटोमा थिए यतिखेर…. त्यसंको कारण हो … म अब ठीक छु ।
सान्त्वना दिदै आमाले सम्झाइन् ….कुमु कति चिन्ता लिन्छेस् … सामाजिक क्षेत्रमा तिम्रो यो कार्यको थालनीमा तिम्रो बाबाकोभन्दा माथि उठेर समाजमा चिनाउने पाइला बोकेकी छ्यौ । मैले नि यसबारे तिम्रो हरपाइलामा पिछा गरेकी छु , भलै म पूर्ण शिक्षितकी छैन तै म भलीभाँती बुझ्छु नि । आमा हुँनित भन्दा मैले आमाको आँखाका परेलीहरुको किनारमा अश्रुका तलाउ भरिदै झर्दै थिए । मैले अञ्जुलीमा थापेर शिरमा राख्दै … आमा तपाईको आशिष सधै मेरो शिरमा ……..(.गला अवरुद्ध हुँदै थियो) । हामी आमा छोरी आ–आफनै रुझानमा थियौं । बाटो काट्दै थियाँै आमाको मप्रति मेरो खुसीमा नजिक भएको आशयले औधी खुसी थिँए ।
कुरो र कुलो जता लग्यो उतै बग्छ भन्छन्……… वगाए त जो पनि बग्छन् त्यो सही हुनु पर्यो । विरोधाभास हुनु भएन । पञ्चशीलको अवधारणा रह्यो भने कँहाहुन्छ अवरोध ? जीवन जन्मनु र मर्नु अकाट्य हुदाहुँदै मान्छे एकपल्ट जन्मिन्छ बारबार मरिरहेछ । जन्मनुको सार्थकतालाई लिने हो भने समाजमा धेरथोर केही गर्नुपर्छ होइनभने मान्छे र पशुमा फरक नै के रह्यो र ? । आशक्त, तृष्णा, लोभ र रागर्मा संयमता लिन सकेन भने असन्तोषको सधै खडेरी परिरहन्छ नै ।
म आफै आफनै हिसाबले सोच्ने गर्छु । लक्षलाई असीमित क्षेत्र बनाएर हेर्न सक्दिन । त्यो औकात भन्दा परको हुन्छ । यत्ति हो मेरो सानो सोंचबाट सानो क्षेत्रका म जस्तै मान्छेको जीवनको आक्रान्त परिवेशलाई आफैले केही गर्न सक्ने, पूर्व चेतावनीका दायित्वलाई बहन गर्न सक्ने भए पनि आँपूmलाई मेरो लक्षको सफल अभियन्ता ठान्नेछु । त्यसैले गाउको सपना पूरा गराईदिने सपना बाँडेर आफूमात्र ऐशमा ढल्किएको अधर्मी नेताहरुको भनसुनमा लाग्ने सोँच नै राखिन । उनीहरुभन्दा उम्दा र हृदय दिन सक्ने मेरा ए वी सी मित्रहरु मेरो लागि अनुपम सहयोगी बने र त्यो मेरो जीवनको दृष्टान्त प्रमाण भएको छ ।
गरिब देशको गरिबीले आक्रान्त पारेका बस्ती र बस्तीवासीहरुको दिनदिनको जीवन धान्न धौधौ परेका काकाकुल देशवासीहरु । भारतका विभिन्न ठाउँहरुमा पारिवारिक रोजीरोटीको समस्यालाई अक्षुण राखी जस्तोसुकै काममा होमिन वाद्य रहेको परिस्थिति विद्यमान रहेको छ । प्रत्यक्ष आफैले सोध्ने मौका पनि पाइयो …… नैनीतालको घुमाइतिर एकजना भाइलाई हामीले खाने होटलमा काम गर्दो रहेछ सोधे–घर, ठेगाना, काम किन, आदिको उनले सटीक जवाफ दिए … कञ्चनपुर घर भएका उनले दुई हप्ते विदाको सदुपयोग गर्दै कमाएको पैसाले विद्यालयको शुल्क तिर्ने जोहो गरेका रहेछन् । यसको कारण उसको गरिबी र पारिवारिक बोझले पनि अलिक दिन छुटृी प¥यो भने घर छोड्न परिहाल्दो रहेछ । नैनीताल नजिक पर्ने र पर्यटकको राम्रो जमघट हुने ठाउँ भएको हुंँदा काम सजिलै मिल्ने रहेछ । धेरै नेपालीहरु भरियाको रुपमा देखे । दर्दनाकै रहेछ जीवन गुजाराको लागि । यसरी युवा, युवती, पुरुषहरु बिरलै गाउँमा रहँदो रहेछ ।
मेरो अध्ययन र अध्ययन भ्रमण कालमा मैले बटुलेका अनुभव र यथार्थता लाई मेरो बुद्धि र वर्कतले केही गर्न सकिन्छ कि भन्ने उत्कट अभिलाषाले आज यहाँसम्म डो¥याएको छ । हुन त गाउँको भौतिक विकास र जनताको अत्यावश्यक आवश्यकताहरुको पूर्तिका लागि गाउँकै नेता र सरकारको दायित्व र कर्तव्य हो । यी बाहेक त्यहाका स्थानीय बासिन्दाहरुका लागि आत्मनिर्भरता, वौद्धिक, स्वास्थ्य र अन्य व्यावहारिकताका चेतना सम्प्रेषण गर्न विभिन्न संघ संस्थाहरुले गर्ने कार्यहरु हुन् । मेरा आत्मीय साथीहरुको अग्रभूमिकामा बस्तीहरुको लागि सानै भएतापनि स्वास्थ्य सम्बन्धी गहकिलो प्रयत्न गरिएकोमा मेरा भावना र समर्पणलाई आत्मसात गरि दिएकोमा ममा केही गर्ने हौसला बढेको हो र यस अभियानमा प्रातः बुबाको स्मरणीय संस्कार पनि जोडिन पुगेको छ । लाग्छ , हाम्र्रो प्रयत्नले सम्वन्धित निकायको सुझबुझलाई आकर्षित गर्न नसके पनि दुरदराजका बस्तीहरुलाई केही सानो फाइदा रहोस् भन्ने मात्र हो ।
मुख्यत सुदु्र पश्चिममा रहेका अज्ञानता, साक्षरताको कमी, दुःख पीडा जीवन यापन गर्न पनि समस्यै समस्याको भूमरीले ग्रस्त रहेको नागरिकहरुमा अक्सर महिलाहरु नै अधिक पछाडि रहेको माहौलमा हरेक कष्ट व्यहोरिएको स्पष्ट देखिन्छ तै बाध्यताको धैर्यता र सहिष्णुताको रेखाहरु कमी नरेहकोले पनि हासीखुसी देखिन्छन् नै । अशिक्षाको र गरिवीको कारण असाध्य रोग एच आई भि, बालबालिकाहरुको कुपोषण छाउपडी प्रथावाट उब्जेका कारणहरु नै भयावह रुपहरु हुन् भन्नेमा हामीहरु पुग्यौ । यसैको बारेमा थौरै भए पनि निराकरण गरिन सक्ने उपाय वस्तीका व्यक्तिहरुलाई सिकाउन सके हाम्रो लक्षको विन्दुमा पुग्ने अठोट निकालेका हौं ।
अधिक बस्तीहरुमा पहँुचको अभाव रहेतापनि आंँकलनको हिसाबमा अधिकाँस् विपन्न र दलित समुदायहरु बाध्यतावश मुग्लान भासिएर जीवनमा महाभारत सरी संघर्ष गर्दै घरपरिवारमा खुसी लहर ल्याउने सपना वोक्दै समयको लयसँंगै होमिएर संगत र अतृप्त यौनको अभिष्ठ भै संक्रमित एच आइ भि वोकी फर्कर्ने अधिक पुरुष र महिलाले गांउँ नै कहालीलाग्दो अवस्थामा पु¥याउने वातावरण बनिरहेको जगजाहेर रहेछ । यिनीहरुवाट पूर्ण सतर्कता अपनाउनु बाहेक अरु सरल उपाय नरहेको र रोग निदानको आवश्यक पहल थाल्न र मानिस भै दुर्लभ जन्मको सकारात्मक प्रयोगका लागि सचेतना सम्प्रेषण हेतु जीवनको केही समय खर्चिने मेरो भित्री मनको प्रणलाई सकारात्मक भूमिका दिने मेरो आकांक्षा हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->