शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कास्की र लमजुङ भिड्ने

कास्की र लमजुङ भिड्ने


  • विजय नेपाली
  • माघ १४ २०७६, मंगलबार

पोखरा १४ माघ – लेखनाथको भण्डारढिक स्थित आदर्श युवा क्लबको खेल मैदानमा जारी गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री लिग फुटबल प्रतियोगिताको फाइनलमा कास्की र लमजुङ भिड्ने भएका छन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको संयोजनमा भएको लिगको सेमिफाइनलमा कास्कीको प्रतिनिधित्व गरेको आदर्श युवा क्लबले तनहुँको प्रतिनिधित्व गरेको भिमाद क्लबलाई हाराउँदै फाइनल प्रवेश गरेको हो ।
यस्तै लम्जुङको प्रतिनिधित्व गरेको त्रिवेणी युथ क्लबले स्याङ्जाको प्रतिनिधित्व गरेको होराइजन क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।
लिग अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनल खेलमा कास्कीले तनहुँलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । निर्धारित ८० मिनेटको खेल गोल रहित बराबरिमा रोकिएपछि अतिरिक्त समय १० मिनेट थप गरिएको थियो । थप गरिएको अतिरिक्त समयमा पनि दुवै तर्फबाट कुनै पनि गोल हुन नुकेपटि खेल टाइबे्रकरमा धकेलिएको हो । टाइबे्रकरमा कास्कीका गोलरक्षक विश्वास क्षेत्रीले एक पेनाल्टी बचाउ गर्दै टिमलाई फाइनल सम्म पुर्याउन सफल भएको हो । क्षेत्री खेलको म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै सोमबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लम्जुङले स्याङ्जालाई ३–१ को फराकिलो गोल अन्तरले हराउँदै सहजै फाइनलको यात्रा तय गरेको हो । खेल शुरुभएको तेस्रो मिनेटमा नै लम्जुङका सन्दिप रानाले गोल गर्दै टिमलाई अग्रता दिलाए । लम्जुङले अग्रता लिएको १० मिनेट बित्न नपाउँदै दास्रो गोल गर्दै अग्रता दोब्बर बनाउन सफल भयो । खेलको १३ औँ मिनेटमा आसिक गुरुङ्गले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन । पहिलो हाफमा दुई गोलको अग्रता लिएको लम्जुङले दोस्रो हाफमा थप एक गोल गर्दै टिमको जित निश्चित गरे । नवराज गुरुङ्गले खेलको ७२ औँ मिनेटमा गोल गरे । स्याङ्जाको लागी ५५ औँ मिनेटमा सरोजकुमार क्षेत्रीले एक गोल गरे । खेलको म्यान अफ दि म्याच लम्जुङका सन्दिप राना घाषित भए । कास्की लिग चरणमा समुह ए को विजेता टिम हो भने लम्जुङ समुह ए कै उपविजेता टिम हो ।
लिग चरणमा समुहमा ए मा रहेको कास्कीले ३ खेल खेल्दा ३ खेलमा नै जित हात पार्दै ९ अंकका साथ शिर्षस्थानमा रहदै अन्तिम चारमा प्रवेश गरेको थियाृ । समान ३ खेल खेलेको लम्जुङ दुइ खेलमा जित र १ खेलमा हार व्यहोर्दै ६ अंकका साथ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो । त्यस्तै समान ३ खेल खेलेका गोर्खा र मनाङ भने लिग चरण बाटै बाहिरीएका थिए । गोल डिफेन्सको आधारमा गोर्खा तेस्रो स्थानमा, गोर्खाको प्लस ४ गोल रहेको छ भने गोलको आधारमा मनाङ पुछारमा रहदैँ लिग चरणबाट बाहिरिएको थियो । ३ खेल खेलेको गोर्खा २ खेलमा हार र १ खेलमा बराबरी गर्दै १ अंक बटुल्न सफल भयो भने समान खेल खेलेको मनाङ पनि २ मा हार र १ खेल बराबरी रहँदै १ अंकका साथ समुहको पुछारमा रहँदै समुह लिग चरणबाट बाहिरीएको हो ।
उता समुह बि मा रहेको स्याङ्जा गोलको आधारमा समुह विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो । चार खेल खेलेको स्याङ्जा ३ खेलमा जित र १ खेलमा हार व्यहोर्दै ९ अंक रहदाँ समान खेल खेलेको तनहँुले पनि ३ खेल्मा जित र १ खेलमा हार व्यहोर्दै ९ अंकका साथ गोलको आधारमा समुह उपविजेता बनेको थियो । स्याङ्जाको प्लस ४ गोल र तनुहुँको प्लस २ गोल रहेको थियो ।
चार खेलेको म्याग्दी २ खेलमा जित र २ खेलमा हार व्यहोर्दै ६ अंकका साथ समुह तालिकाको तेस्रो, समान खेल खेलेको नवलपुरले २ खेलमा जित र २ खेलमा हार व्यहोर्दै ६ अंक बटुलेपनी लिग चरणबाट बाहिरिएको हो । ६ अंक बटुल्दै तालिकाको चौथौ स्थानमा रहँदै बाहिरिएको हो । ४ खेल नै खेलेको बाग्लुङ भने ४ खेलमा नै अंक विहिन रहदैँ समुहको पुछारमा रहदैँ बाहिरिएको छ । बाग्लुङ लिगमा सबै खेल हार्ने एक मात्र टिम हो ।
माघ ७ गतेबाट शुरुभएको लिगमा गण्डकी प्रदेशका ९ जिल्लाको सहभागीता रहेको थियो । जिल्ला लिग जितेका टिमले प्रदेश लिगमा सहभागीता जनाएका हुन । लिग विजेताले नगद ५ लाख रुपैँया प्राप्त गर्ने छ भने उपपिजेताले ३ लाख रुपैँया प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->