शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मेयरकप फुटवलको सेमिफाइनल आज

मेयरकप फुटवलको सेमिफाइनल आज


  • Dhorpatan News
  • माघ २० २०७६, सोमबार

बागलुङ, २० माघ – बागलुङमा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्र्तगत सेमिफाइनलका दुई खेल आज मंगलबार हुँदै छ । आज हुने पहिलो सेमिफाइनलको खेलमा आयोजक बागलुङ नगरपालिकाले भिमाद नगरपालिका तनहुँ सँग भिड्ने छ भने । दोस्रो खेलमा बेनी नगरपालिका म्याग्दीले चौदण्डीगढी नगरपालिका उदयपुरको सामना गर्ने छ ।
आयोजक बागलुङले आफ्नो पहिलो खेलमा कुस्मा नगरपालिकालाई ट्राइवेकरमा ३–० गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । क्वाटरफाइनलमा निकै उत्कृष्ट प्रर्दशन गर्दै बागलुङले गोलकोट नगरपालिकालाई ७–० गोल अन्तरले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको थियो । भिमाद नगरपालिकाले भने अहिले सम्म कुनै पनि खेल नखेली सेमिफाइनलको यात्रा तय गरेको हो । क्वाटरफाइनमा भिमादको खेल तुलसिपुर नगरपालिक, दाङसंग तय गरीएको थियो तर तुलसिपुरको टिम प्रतियोगितामा उपस्थिती नहुँदा भिमाद सिधै सेमिफाइनलमा प्रवेश गरको थियो ।
सेमिफाइनलको दोस्रो खेलमा बेनी नगरपालिका र चौदण्डीगढी नगरपालिकाको खेल पनि निकै रोमाञ्चक हुने देखिएको छ । बेनीले ढोरपाटन नगरपालिका र पोखरा महानगरपालिकालाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । बेनीले आफ्नो पहिलो खेलमा ढोरपाटनलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । क्वाटरफाइनलमा बेनीले निकै बलियो टिम मानिएको पोखरालाई सडनडेथमा ६–५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो भने चौदण्डीगढी नगरपालिकाले जैमिनी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
सेमिफाइनको पहिलो खेल १ बजे देखि र दास्रो खेल साढे २ बजे देखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १० टिमको सहभागिता जनाउने भनिए पनि तुलसिपुर नगरपालिका दाङ उपस्थिती नहुँदा ९ टिमले प्रतिस्पर्धा गरेका थियो । प्रतियोगितामा प्रथम हुनेले ३ लाख दोस्रो हुनेले २ लाख र सेमिफाइनसम्मको यात्रा तय गरेका टिमले ६०÷६० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->