शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा अन्तराष्ट्रिय यु–१८ टेनिस हुने

पोखरामा अन्तराष्ट्रिय यु–१८ टेनिस हुने


  • Dhorpatan News
  • माघ २३ २०७६, बिहिबार

पोखरा,२३ माघ – पोखरामा अन्तराष्ट्रिय टेनिस फेडेरेशन(आईटिएफ)को जुनियर यु–१८ सर्किट–१ टेनिस प्रतियोगिता हुने भएको छ । आईटिएफ अन्तर्गत जुनियर सर्किट अन्तर्गतको अन्तिम लेभलको प्रतियोगिता हुन लागेको हो । यो प्रतियोगिता संगै खेलाडीले सिनियर संगको खेल समेत खेल्ने ढोका खुल्ला हुनेछ ।
उक्त प्रतियोगितामा खेलाडीले आफनो अंक बढाउनको लागि प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा १९ राष्ट्रका खेलाडीले सहभागिता जनाउने छन । खेलमा १९ देशका ६४ खेलाडीले अन्तिम प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा आयोजक नेपाल सहित छिमेकी राष्ट्र भारत, चिन तथा अमेरिका, अष्टे«लिया, मलेसिया, कोरिया,जपान, सिंगापुर, जर्मन, क्यानडा लगायतका राष्ट्रले सहभागीता जनाउने छन । कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट पुरुष ६ र महिला तर्फ ६ गरी १२ खेलाडीले सहभागिता जनाउने छन् ।
गत वर्ष पनि आईटिएफ जुनियर र्याङकिङ टेनिस सर्किट १ र २ पोखरामै आयोजना गरिएको थियो । गतवर्ष भन्दा यो वर्ष सहभागि देशको संख्या भने कम छ । यो वर्षको प्रतिस्पर्धामा विभिन्न १९ देशका खेलाडी सहभागि हुने प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सुर्य भुजेलले बताए । ‘टेनिसले पोखराको पर्यटन प्रवद्र्धन नयाँ आयाम थपिएको छ ।’ उनको भनाई थियो । ‘टेनिसको व्यवसायिक खेलाडी बन्ने पहिलो खुडकिलो नै यो प्रतियोगिता हो । जहाँबाट खेलाडीले अंक प्राप्त गर्ने छन् । प्राप्त अंककै आधारमा ग्राण्डस्लाम खेल्ने अवसर सृजना हुनेछ ।’ संयोजक भुजेलले बिहीबार पत्रकार भेटघाटमा सुनाए । शनिबारदेखि छनोट खेल हुने छ । दुईदिनको प्रतिस्पर्धाबाट छनोट भएका खेलाडीले र्याङकिङको लागि प्रतिस्पर्धामा उत्रिने संयोजक भुजेलले बताए । पोखराबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यु–१६ का नेहाल जंगबहादुर थापा, श्रेया भट्टराई र सौगात विक छन् ।
प्रतियोगिताको लागि भने खेलाडी छनोट अन्तराष्ट्रिय टेनिस संघले गर्ने छ । जसमा १८ जना आइटिइफले नै छनोट गरी अन्तिम ६४ मा राख्ने छ भने आयोजक नेपालले ६ जनालाई वाइल्ड कार्ड दिने छ भने आइतबार १६ जनाको लागि छनोट खेल हुने छ ।
विश्वमा हुने प्रतियोगिता मध्येको महंगो खेल मध्येको एक खेल टेनिस पनि हो । टेनिस खेल सबैले खेल्न मिल्ने खेल भएको संयोजक भुजेलले बताए ।
आइटिएफमा आफ्नो र्याङकिङका लागि प्रतिस्पर्धा गर्नेछन । आफ्नो अंक बढाउनको लागि खेलाडीहरु खेल खेल्न आउनेछन । प्रतियोगिता एकल र डबल्स गरी दुई विधामा हुने छ । खेल तालिका पनि आइटिएफले नै उपलब्ध गराउने छ । आयोजक नेपालले व्यवस्थापनको पक्ष मात्र हेर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->