शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपाल ३५ रनले विजयी

नेपाल ३५ रनले विजयी

डेव्यु खेलमै कान्छा खेलाडी कुशलको किर्तिमानी अर्धसतक


  • विजय नेपाली
  • माघ २६ २०७६, आइतबार

पोखरा, २६ माघ – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकालाई नेपालले ३५ रनले हराएको छ । १ सय ९१ रनको लक्ष्य पाएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रन जोड्दै अल आउट हुन पुग्यो । व्याटमा कुशल मल्ल र विनोद भण्डारी र बलिङमा करण केसी चम्किदा नेपालले जित हात पारेको हो । करणले सर्वाधिक चार विकेट लिदै प्लेयर अफ दि म्याच घोषित भए ।
टस हारेर पहिला व्याटिङको निम्तो पाएको नेपालले अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको थियो । ४९.२ ओभरमा नेपालले सबै विकेट गुमाउदैँ १ सय ९० रनको योगफल तयार गरेको हो । खेलमा राम्रो शुरुवात गर्न नसकेको नेपालको लागि विनोद भण्डारी र कुशल मल्लले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको इनिङ उकासेका थिए । छैटौं विकेटका लागि कुशल र विनोदले ८४ रनको किर्तिमानी साझेदारी गरे । ओडीआईमा नेपालको यो उच्च साझेदारी समेत हो ।
नेपालको लागि ओपनर व्याटस् म्यानका रुपमा क्रिज पुगेका सुवाष खकुरेल ३ रनमै आउट भए । त्यसतै अर्का ओपनर कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । खराव शुरुवात गरेको नेपालले ८ औ ओभरको खेल सकिदा सम्म जम्मा २४ रन जोडेको थियो ।
त्यस लगतै तेस्रो व्याटस्म्यानको रुपमा मैदान प्रवेश गरेका पारस खडका १९ रनमा आउट भए । ५२ बल खेलेका खड्काले २ चौका प्रहार गर्दै क्याच आउट हुन पुगे । चौथो व्याटस्म्यानको रुपमा मैदान प्रवेश गरेका दिपेन्द्र सिंह ऐरी शुन्य रनमै पेभेलियन फर्किए । पाचौँ व्याटस्म्यानको रुपमा मैदान प्रवेश गरेका अरिफ सेख २ रनमै क्याच आउट हुन पुगे ।
पाचँ विकेट गुमाउँदा सम्म नेपालको जम्मा ४५ रन थियो । खराव प्रदर्शन गरेको नेपालले १९.४ ओभरको खेल सकिँदा सम्ममा ४५ रन जोडेको थियो । निकै लज्जास्पद अवस्थामा रहेको नेपालको लागि कान्छा खेलाडी कुशल मल्लले अर्धसतक पुरा गर्दै नेपालको इनिङ उकासे । छैटौ व्याटस्म्यानको रुपमा क्रिज पुगेका उनले उत्कृष्ट प्रर्दन गर्दै नेपाललाई केहि राहत दिलाए ।
सातौ व्याटस्म्यानका रुपमा रहेका विनोद भण्डारीले पनि अर्ध सतक पुरा गरे । उनले ७९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योग्दान दिए । भण्डारीले पनि अर्धसतक पुरा गरे संगै नेपाले खेलमा रोमाञ्चक बढाएको थियो । विनोदले ६२ बलमा आफ्नो ओडीआई करिअरको पहिलो अर्ध शतक पुरा गरे ।
आठौँ व्याटस्म्यानको रुपमा रहेका करण के.सी १२ रनमा आउट भए । २१ बल खेलेका करणले २ चौका हिर्काए । नवौँ व्याटस्म्यान सन्दिप लामिछाने शुन्यमै पेभेलियन फर्किए । सुशान भारी ११ रनमा क्याच आउट भए भने अभिनाष बोहोरा ५ रनमा नट आउट रहे ।
यस्तै अमेरिकाको लागि क्यामरन स्टिभेन्सनले १० ओभरमा २ मेडन राख्दै ३० रन खर्चेर ३ विकेट लिए । कप्तान सौरभ नेत्रवलकारले १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चेर २ विकेट लिए । रस्टी थेरनले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिए ।
एलमोर हुचिसेनले ८ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर १ विकेट लिए । इयान होल्यान्डले ७.२ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर एक विकेट लिए । करिमा गोरले २ ओभरमा ११ रन खर्चेर एक विकेट लिए ।
डेव्यु खेलमै कान्छा खेलाडी कुशलको किर्तिमानी अर्धसतक
प्रतियोगिताको डेव्यु खेलमा नै नेपालका कुशल मल्लले अर्ध सतक पुरा गरेका छन । घरेलु मैदानमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा अर्धसतक बनाउने नेपालकै कान्छा खेलाडी १६ वषीर्य कुशलले आफ्नो क्रिकेट यात्राको पहिलो खेलमै अर्धसतक पुरा गरेका हुन । बायाँहाते ब्याटस्म्यान कुशलले उत्कृष्ट प्रर्दशन गर्दै नेपालकोे इनिङ उकासेका थिए ।
रुपेन्देही च्यालेन्जर्स बाट खेल्ने कुशलले राष्ट्रिय टिममा डेव्यु गरेको खेलमा नै अर्धसतक पुरा गरेका हुन । अमेरिका विरुद्धको खेलमा उनले ४९ बलमा अर्धसतक पुरा गरेका हुन । ५१ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । ३६ औं ओभरको दोस्रो बलमा करिमा गोरको बलमा क्याच आउट हुनुअघि ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यो सँगै कुशल ओडीआईमा सर्वा्धिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै कान्छा खेलाडी बन्न सफल भए ।
उनले नेपालकै रोहित कुमार पौडेल, भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर र पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको कीर्तिमान तोडेका हुन । नेपालका रोहितले सचिन र शाहिदको किर्तिमानी तोडेका थिए ।

१ सय ९१ रनको लक्ष्य पाएको अमेरिकाको पनि शुरुवात भने राम्रो हुन सकेन । बलिङमा निकै उत्कृष्ट प्रदर्शन गरेनि व्याटमा भने चल्न सकेन ।
१ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका १ सय ५५ रनमा अल अउट हुन पुग्यो । अमेरिकाको लागि ओपनरको रुपमा आएका साविर मार्सल्ला २ रनमै आउट भए । ४ बल खेलेका उनी करण केसिको बलमा विकेट किपर विनोद भण्डारीबाट क्याच आउट हुन पुगे । अर्का ओपनर आरोन जोनेस ५ रनमा आउट भए । दोस्रो ओभरमा सन्दिप लामिछानेको बलमा एलविडब्लु हुदैँ आउट भए ।
तेस्रो व्याटस्म्यानको रुपमा आएका स्टेभन टेलोर शुन्यमै पेभेलियन फर्किए । स्टेभन करण केसीको बलमा दिपेन्द्र सिंह ऐरीबाट क्याच आउट हुन पुगे । चौथो व्याटस्म्यान मोनान्क पटेल ४ रनमा आउट भए । ४ बल खेलेका उनले १ चौका हिर्काए । उनी सन्दिप लामिछानेको बलमा एलविडब्लु हुदैँ आउट भए ।
११ रन बनाउदाँ अमेरिकाले ४ विकेट गुमाइसकेको थियो ।
पाचौँ व्याटस्म्यानको रुपमा रहेका ल्यान होल्याण्डले ७५ रनको योग्दान दिदैँ अमेरिकाको इनिङ उकासेका थिए । नेपालको लागि होल्याण्ड निकै भारी पर्ने गए । होल्याण्डले उत्कृष्ट खेल खेल्दै अर्धसतक समेत पुरा गरेका थिए । क्रिजमा निकै टिकेका उनले १ यस ११ बल खेल्दै ७ चौका प्रहार गरे । करण केसीको बलमा विकेट किपर विनोद भण्डारीबाट क्याच आउट भए ।
छैटौँ व्याटस्म्यानको रुपमा रहेका अक्षय होमराज ५ रनमै आउट भए । यनी सुशान भारीको बलमा विनोद भण्डारीबाट क्याच आउट भए । यस्तै करिमा गोरे १० रनमा आउट भए । २० बल खेलेका उनी सुशान भारीको बलमा पारस खड्काले एक हातले उत्कृष्ट क्याच गर्दै आउट भए ।
एल्मोरे हटिचिन्सन ३ रनमै आउट भए ।उनी कुशल मल्लको बलमा बोल्ड भए ।
केमेरोन स्टेभनसन १९ रनमा आउट भए । रुस्टे थेरोन ९ रनमा आउट भए । उनी करणको बलमा सन्दिपबाट क्याच आउट भए । अमेरिकाका कप्तान सौरभा नेत्रभालाकर ३ रनमा नटआउट रहे ।
बलिङमा उत्कृष्ट प्रर्दसन गरेको नेपालको लागि तिव्र गतिका बलर करण केसीले ७.१ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
स्पिनर सन्दिप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २७ रन खर्चेर २ विकेट लिए । सुशान भारीले १० ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेर ३ विकेट लिए ।
कुशल मल्लले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए । पारस खड्का र अभिनाष वोहोराले भने कुनै विकेट लिन सकेनन् । नेपाल पहिलो खेलमा ओमान संग १८ रनले हारेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->