बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनयुद्धका कारण अहिलेको परिवर्तन आएको हो: साँसद अधिकारी

जनयुद्धका कारण अहिलेको परिवर्तन आएको हो: साँसद अधिकारी


  • राजेन्द्र न्यौपाने
  • फाल्गुन २ २०७६, शुक्रबार

गोरखा, २ फागुन – गोरखा निर्वाचन क्षेत्र नं. १ का साँसद हरीराज अधिकारीले १० वर्षे जनयुद्धका कारण मुलुकमा अहिलेको परिवर्तन भएको बताएका छन् । नेतृत्वले ठिक समयमा उचित निर्णय लिएकै कारण यो अवस्था आएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी भीमसेन थापा गाउँपालिकाको आयोजनामा वगुवामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अवको यात्रा आर्थिक समृद्धितिर अघि बढिरहेको उनले बताए । नेपाल विश्वभरीका राष्ट्र मध्ये विकासशिल राष्ट्रमा अघि बढ्ने क्रममा रहेको उनले बताए । हजारौं सहिदहरुको बलिदानबाट आएको उपलब्धि गुम्न नदिने उनको भनाई थियो । आगामि समयमा हुने तीनवटै तहका निर्वाचन नेकपाले जित्ने उनले बताए ।
वेपत्ता भएका नागरिकहरुलाई राज्यले जिम्मा लिएर उनीहरुको अवस्था सार्वजनिक गर्नुपर्ने उनको भनाई थियो । सायद उनीहरु जिवित छैनन होला भन्दै राज्यले उनीहरुको अवस्था सार्वजनिक गर्नुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष विनोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री एवं नेकपाका नेता छम बहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी गोरखाका सचिवालय सदस्य कृष्ण नेपाली, स्थिर प्रसाद खनाल, प्रेम पुडासैनी, युवा संघका गाउँपालिका अध्यक्ष सागर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका नेकपा भीमसेन थापा गाउँपालिका सचिव साधुराम थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->