बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मान्बुमा भएको जीप दुर्घटनाका घाइतेहरुको उद्धारमा कठिनाई

मान्बुमा भएको जीप दुर्घटनाका घाइतेहरुको उद्धारमा कठिनाई

जीपमा सवार ८ जना मध्ये लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटना स्थलमा नै मृत्य भएको मान्बु प्रहरीले जनाएको छ ।


  • राजेन्द्र न्यौपाने
  • फाल्गुन २२ २०७६, बिहिबार

गोरखा, २२ फागुन – गएराती आरुघाटबाट काशीगाउँ तर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटनामा परेपछि घाइतेहरुको उद्धारमा समस्या भएको छ ।
सडकबाट तल खसेको जीपमा सवार ८ जना मध्ये लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटना स्थलमा नै मृत्य भएको मान्बु प्रहरीले जनाएको छ ।
घाइते सात जनालाई एम्बुलेन्समा राखेर उपचार स्थल सम्म पुर्याउन सकिने स्थिति नरहेको आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए ।  नेपाली सेनाको ठूलो हेलिकप्टर पठाईदिन माग गरेका छौं, हेलिकप्टर नआउँदा सम्म घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याउन सकिने स्थिति नरहेको उनले बताए ।
धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ लगायत सात जना घाइते छन । उनीहरु काशीगाउँमा आजको कार्यक्रममा भाग लिन जाँदै थिए ।
काशीगाउँमा अपाङ्गता परिचय पत्र वितरणको कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->